शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिनाथ क्षेत्रमा दुई वटा बम फेला, सेनाद्वारा निस्क्रिय

शुक्रबार, ०३ असोज २०७६, १९ : ३९
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं–राजधानीको पशुपतिनाथ क्षेत्रमा दुई वटा बम फेला परेको छ।  शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ । 

बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो । बम फेटिएसँगै सो क्षेत्रमा केहीबेर त्रास फैलिन पुगेको थियो । 
सो बम सकेट बम भएको बताइएको छ । 
 बम कसले र किन राख्यो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप