शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्ससँग बराबरीमा रोकियो नेपाल

शुक्रबार, ०३ असोज २०७६, १९ : ३९
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– नेपाल तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा सुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता माल्दिभ्सले लिएको थियो । माल्दिभ्सका कप्तान हसन नजिवले १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । नेपालका रोशन दोङले डिबक्स भित्र फ खेलेपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो । त्यसपछि नेपालले ७५औं मिनेटमा बराबरी गोल फर्कायो । नेपालका लागि मनिष डाँगीले बराबरी गोल गरे । दक्षिण कोरियामा खेल्दै हुर्किएका मनिषले बृजेश चौधरीको पासमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए । नेपाली टोलीमा मनिषको यो डेब्यु गोल हो ।

नेपालले दोस्रो हाफमा थप गोल गर्ने मौका पाएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो । नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा छ । नेपालको समूहमा माल्दिभ्स र भुटान छ । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । समूह ‘बी’ मा बंगलादेश, भारत र  श्रीलंका रहेका छन् । असोज १२ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप