शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न पाइँदैन : बाबुराम भट्टराई

शुक्रबार, ०३ असोज २०७६, १९ : २१
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न नपाइने बताएका छन् । 

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ववाहिक अंगीकृत नागरिकता बुहारीलाई तत्काल दिने तर ज्वाईँलाई नदिने नागरिकतासम्बन्धि प्रावधान विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनु पर्ने अडान राखे । 

शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए । ‘आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ,’ भट्टराईको भने , ‘विदेशी ज्वाईँ आएर देश खाइदिन्छ भनेर किन डराउनु प¥यो ?,’ 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धि विधेयकमा विवाद छ । पूर्व प्रधानमन्त्री भट्टराईले पनि सरकारले प्रस्ताव गरेको विधेयक त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसमा छोरा र छोरीबीच विभेद हुने गरी आएको प्रावधानलाई हटाउनुपर्ने माग गरे ।

भट्टराईले मुलुकलाई समृद्ध बनाउने हो भने जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिका र प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था कायम गर्नुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप