मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुको साझा संकल्प आवश्यक : राष्ट्रपति भण्डारी

शुक्रबार, ०३ असोज २०७६, १८ : ५८
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि साझा संकल्पका साथै सबै राजनीतिक दललाई एकजुट भएर अग्रसर हुन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गइरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास पनि व्यक्त गरिन् ।

संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रशंशा गरिन् । राष्ट्रपति भण्डारीले  स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान पनि चर्चासमेत गरेकी थिइन् ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको चर्चा गरे । 

संविधान सभाका अध्यक्ष समेत रहेका उनले संविधान निर्माणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि प्रशंशा गरे । उपनेता नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दैअघि बढन सकिने पनि स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन । पूर्वप्रधानमन्त्री कोइरालालाई परोणपरान्त प्रदान गरिएको स्वर्ण पदक उनका भाइ पूर्वसभासद अशोक कोइरालाले बुझेका थिए । 

गत वर्ष सो पदक लोकतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो । यस्तै त्यसअघि पूर्वराष्ट्रपति रामवरण यादव,  संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई प्रदान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप