मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

शुक्रबार, ०३ असोज २०७६, १७ : २५
शुक्रबार, ०३ असोज २०७६

जनकपुर– राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ’ ठाकुरले चेतावनी दिए । 

नेपालको संविधान २०७२ मा जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा सम्बोधन गर्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला,मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताए ।

उनले सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै समयमै संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउने चेतावनी दिए । मुख्यमन्त्री लालबाबु राउत संविधान दिवसका अवसरमा आफंैले घोषणा गरेको कार्यक्रम छोडेर गैरसरकारी संस्थाले गरेको संविधानविरोधी कार्यक्रम गएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप