मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुखुरा बोक्ने जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

शुक्रबार, ०३ असोज २०७६, १६ : ०४
शुक्रबार, ०३ असोज २०७६

बर्दिवास– महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

उत्तर–पश्चिम बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपको ठक्करबाट ज  १ त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँदै गरेको ज १० प २०६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको हो ।

मृतक भण्डारी बर्दिपास ३ कालापानी निवासी हुन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप