मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दाङको जंगलमा महिलाको शव फेला

शुक्रबार, ०३ असोज २०७६, १५ : ४२
शुक्रबार, ०३ असोज २०७६

बुटवल–शुक्रबार दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला पारेका छन् ।

अन्दाजी ३५ वर्षीया महिलाको शव लमही  ७  उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले  देखेर प्रहरीलाई खबर गरेका हुन् ।

उक्त शव सडेगलेको अवस्थामा रहेकोले अमेलिया  इलाका प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सदरमुकाम पठाएको  दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप