मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाइ, सक्नुहुन्छ भने मन्त्री भेटाइदिनु न !

शुक्रबार, ०३ असोज २०७६, १५ : ३५
शुक्रबार, ०३ असोज २०७६

युएई । दिउँसोको ४ः३० बजिसकेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ वर्ल्ड इनर्जी कंग्रेसको २४ औँ विश्व सम्मेलनमा सहभागी भएर युएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसँग नेपाली राजदुतावास आवुधावीमा भेटघाट गर्ने कार्यक्रम थियो ।

उक्त भेटघाट कार्यक्रम मैले पनि सहभागिता हुने मौका पाएको थिए ।  जब म कार्यक्रमको लागि दूतावास छिरे । २ दर्जन भन्दा बढी महिलाहरु दूतावासको प्रतिक्षालय कोठामा कराउँदै गरेको देखे । 

उनीहरुको बिचमा एनआरएनए युएईका पुर्वअध्यक्ष एवं मध्यपूर्व संयोजकका उम्मेदवार सुदीप कार्की थिए । किन ? के का लागि कराइरहेका रहेछ्न ? मलाई पनि उत्सुकता जाग्यो । अनि छेउमा गएर उनीहरु कथा सुन्न थाले ।

दूतावास नियमअनुसार बिना अनुमति मोबाइल अन्य सामाग्रीहरु भित्र लैजान रोक लगाइएको कारण ‘स्पोर्ट क्याच’ गर्न सकिन । 

मेरो नजिकै रहेकी एक जना वर्षले निकै कम देखिने महिला (बहिनी) ले भनिन्, ‘दाइ सक्नुहुन्छ भने हामीलाई मन्त्री भेटाइदिनु न ! हामी अलपत्र पर्यौं ।’

के भयो बहिनी ? मेरो प्रश्नमा उनीहरु सबै बोल्न थाले, कम्पनीले काम दिएको छैन । ५, ६ महिनादेखि ओभरस्टे छ । तलब पनि दिएको छैन, हामी नेपाल जान चाहन्छौं, कि यहीँ काम गर्ने वातावरण मिलाइदिनुपर्यो ।

उनीहरु र मेरो बीच गफ हुँदै थियो...

समस्याको वृतान्त नसकिँदै दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले उनीहरुलाई मन्त्री भेट्न बोलाए । उनीहरु हुलै भित्र पसे । म रोकिए, किनकि मलाई भित्र पस्न रोक लगाइयो ।

मेरो ‘फोकस’ आजको मन्त्री भेटघाट कार्यक्रम भन्दा पनि ती पीडित महिलाहरुप्रति थियो । कति बेला बाहिर निस्कछ्न् ? ताकी मन्त्रीले प्रत्यक्ष पीडितहरुलाई भेट्दा के कस्तो रेस्पोन्स गरे ।

तर यो बिषय हाम्रो लागि नौलो चाहिँ थिएन । किनकि युएईमा थुप्रै नेपाल सरकारका उच्च ओहदाका व्यक्ति, मन्त्री, पत्रकारलगायत राष्ट्र प्रमुख आउँदा समेत पीडित नेपालीहरुले भेटेका इतिहासहरु ताजै थिए ।

मन्त्री भेटघाटको लागि विभिन्न समुदायका प्रतिनिधिहरु धमाधम आउने क्रम जारी थियो । मन्त्रीको कार्यक्रममा (दूतावासको नियम) पत्रकारहरुलाई क्यामेरा, मोबाइल निषेध गरिएको कारण कार्यक्रममा सहभागिता नजनाउने भन्दै नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल र स्वयं म बाहिर निस्कियौं । अन्ततः धेरै अनुरोधपछि पत्रकारलाई कार्यक्रममा क्यामेरा, मोबाइल लैजान दिने निर्णय आयो । 

१५, २० मिनेटको अन्तरालमपछि मन्त्री भेट्नभित्र पसेका पीडित महिलाहरुको हुल बाहिरियो । हामी दुई (लक्ष्मणजी र म) उनीहरुलाई पछ्याउँदै गयौं । हामीले समस्या बारेमा कुरा राख्न पाइएन । भेषबहादुर सरले राख्नुभो । समस्याको समाधान हुन्छ । सुन्नुभो, मुन्टो हल्लाउनु भो, एक पिडित महिलाले भनिन् ।

उनले पत्रिकाका फोटो नराख्दिनु है दाइ, भन्दै लुकिन् । हामीले अरु पीडितहरुले फोटो खिच्यौ र कार्यक्रम भित्र छिर्यौं ।

माथिका हरफहरु कुनै कथा होइन, गत २ हप्ता पहिले नेपाली राजदुतावास आबुधावीमा वर्ल्ड इनर्जी कंग्रेसको २४ औँ विश्व सम्मेलनमा भाग लिन आएका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग आबुधावीस्थित एक कम्पनीमा अलपत्रमा परेका नेपाली महिला कामदारहरुको भेट थियो ।

साढे २ बर्ष पहिले अञ्जली ओभर्सिज काठमाडौँ र शाखा  बिर्तामोडबाट युएई आएका ५ दर्जनभन्दा बढी नेपाली महिला कामदारहरु बिचल्ली परेको छन् । कम्पनीको भीषा समय सकिए (ओभर स्टे) पछि उनीहरु झनै बिचल्लीमा परेका हुन् ।

झापाका एक पीडित महिलाले आफ्नो नाम उल्लेख नगराउने सर्तमा भन्छिन्, ‘भीषा सिद्धिएकाले ६ महिनादेखि अवैधानिक छौं । कम्पनीले न तलब, न काम दिएको छ । एसी नभएकाले गर्मीले बस्न गार्‍हो भएको छ । पटक–पटक दूतावास गयौं । अब केही हुन्छ कि भन्ने आशा जागेको बताइन् । हाम्रो समस्या यहाँको उच्च निकायसम्म पुगेकोले आशावादी छौँ ।’

उनले घर जान चाहनेहरुलाई फाइन तिरेर र काम गर्न चाहने कामदारहरुलाई यहि भीषा लगाउने तयारी भैरहेको जनाइन् ।

उता दूतावासले सम्पूर्ण प्रक्रिया सकिएकाले छिट्टै समस्याको समाधान हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप