प्रदेश ५ सरकारले ३५ जना विभुषित गर्दै
बुटवल । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि विभिन्न व्यक्तिहरुलाई विभुषित गर्ने तयारी गरेको छ ।
पाँच नम्बर प्रदेश सरकारले समाजमा विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको हो ।
पदक पाउने व्यक्तिहरुलाई प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमबीच विभुषित गरिने छ । यो प्रदेशमा फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदान गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले रातोपाटीलाई बताए ।
पदक पाउनेमा लुम्बिनीको विकासमा योगदान दिएका जापानका भिक्षु नावातामेसमेत रहेका छन् । उनलाई मरणोपरान्त बुद्ध शान्ति पदक प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।
प्रदेश प्रमुख जनसेवा प्रथम साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा द्वितीय पत्रकार एवम् साहित्यकार कृष्ण सेन इच्छुकलाई (मरणोपरान्त), प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न विशिष्ट कार्य गरेका डा. प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेका दाङका भगौता थारुलाई प्रदेश प्रमुख जनसेवा तृतीय पदक दिने निर्णय गरिएको छ ।
संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेका पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम श्रीमान्–श्रीमतीलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीय दिने निर्णय गरिएको छ । त्यसैगरी प्रदेशको विकासमा योगदान गरेका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्वल दीप प्रथम प्रदान गरिएको छ ।
प्रदेशको प्रमुख सचिवको रुपमा उत्कृष्ट काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा उत्कृष्ट काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण द्वितीय प्रदान गरिने भएको छ । पत्रकारितामा उत्कृष्ट योगदान गरे वापत दाङका नारायणप्रसाद शर्मालाई समाजसेवा श्री प्रथमबाट विभुषित गरिने भएको छ ।
समाजसेवा श्री द्वितीयबाट प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेका गुल्मीका शमसेरबहादुर खत्री (मरणोपरान्त), संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेका दाङकि हिमा उपाध्याय (मरणोपरान्त),प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेका बाँकेका अशोककुमार क्षेत्रीलाई प्रदान गरिने छ ।
त्यसैगरी समाजसेजवा श्री तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल,स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गरेका रुपन्देहीका एजाज आलमलाई प्रदान गर्ने निर्णय भएको छ ।
थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेका दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, प्रदेश रत्न द्वितीय, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सिपी शर्मा र शशिधर पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी प्रदेश रत्न तृतीय पदक पाँच जनालाई दिइँदै छ । प्रदेश रत्न तृतीय पाउने भाषा साहित्यको क्षेत्रमा उल्लेख्य योगदान गरेका कपिलवस्तुका डा. विष्णुराज आत्रेय,चित्रकला र मूर्तिकलाको क्षेत्रमा उल्लेख्य योगदान गरेका रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेका सोमपाल कामी रहेका छन् ।
पर्यटन क्षेत्रमा योगदान दिएका बाँकेका कृष्णलाल चौधरीलाई पुथा श्री शिखर द्वितीय पदक दिने निर्णय भएको छ भने प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी बाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभुषित गर्ने निर्णय भएको छ ।
महिला सशक्तिकरणको क्षेत्रमा उल्लेख्य योगदान गरेकी दाङकि पिमकुमारी गिरी र रोल्पाकि भागिरथी घर्तीलाई प्रजापति गौतमी तृतीयबाट पदक प्रदान गर्ने भएका छन् ।
दङ्गीशरण बलिहाङ प्रथमबाट थारु भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दङ्गीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका जीतबहादुर थापा मगर (मरणोपरान्त) लाई प्रदान गरिने छ ।
त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीयबाट थारु भाषा प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेका बर्दियाका एकराज चौधरी,उर्दु भाषाको क्षेत्रमा उल्लेख्य योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ, अवधि भाषा साहित्यमा उल्लेख्य योगदान गरेका नवलपरासीका कौशलेन्द्रश्रीवास्तवलाई प्रदान गर्ने निर्णय गरिएको प्रदेश सरकारका कानुन मन्त्री कुल प्रसाद केसी द्वारा जारी सुचना उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर