बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुबाआमाको नेता बनाउने इच्छा थियो तर मैले रोजेँ कलाकारिता – तृप्ती

शुक्रबार, ०३ असोज २०७६, १३ : ४४
शुक्रबार, ०३ असोज २०७६

ठूलो पर्दामा अभिनेत्रीका रूपमा छाउने चाहना छ तृप्ती श्रेष्ठको । तर अहिलेसम्म उनलाई सो अवसर मिलेको छैन । त्यसो त अभिनय क्षेत्रमा नयाँ पनि होइनन् उनी । तीन वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसार भएको शृङ्खलामा ‘किलो ट्याङ्गो माइक’मा समाचार वाचिकाको भूमिका निर्वाह गरेर अभिनय सुरुवात गरेकी उनीसँग ४, ५ वटा सर्ट फिल्म, केही म्युजिक भिडियो र स्टेज सोको पनि अनुभव छ ।

२०१६ मा आयोजित सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस राजधानीमा सहभागी भएर ‘मिस फोटो जेनिक’ र ‘म्यानेजमेन्ट च्वाइस’ दुई उपाधि बिजेता उनले भर्खरै छायाङ्कन सकिएको निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘आमा’मा पनि अभिनय गरेकी छन् । ‘आमा’ फिल्ममा आफूले नर्सको भूमिका निर्वाह गरेको उनले बताइन् । सफल अभिनेत्री बन्ने लक्षका साथ अभिनयमा होमिएकी नारायणघाट भरपुर निवासी तृप्तीलाई रातोपाटीको दस प्रश्न ।

अभिनय किन रोज्नुभयो ?

पहिले म गायनमा थिएँ । गायनका लागि कक्षा पनि लिन्थँे । यो सिलसिलामा अभिनयको अफर पनि आउन थाल्यो । सबैले अभिनय गर्न हौस्याए । सोही कारण अभिनय क्षेत्रमा छिरेँ । अभिनयको सुरुवातको काम धेरैले राम्रो छ भन्थे । सोही कारण पनि अभिनयलाई निरन्तरता दिइरहेकी छु ।

फेसनमा कतिको रुचि छ ?

त्यस्तो धेरै रुचि छैन । सबै प्रकारको पहिरन मनपर्छ । म राम्री र आकर्षक सारीमा देखिन्छु । यो मलाई थाहा छ ।

फुर्सदको समय ?

फिल्म हेर्छु, साथीभाइसँग नयाँ ठाउँहरु घुम्न जान्छु ।

सपना ?

सफल र चर्चित अभिनेत्री बन्ने एउटै सपना देखेकी छु ।

कलाकारिता परिवारको रोजाइ थियो त ?

बुबाआमाको नेता होस् भन्ने चाहना थियो । तर मैले कलाकारिता रोजेँ । अहिले उहाँहरुले कलाकारितामा सपोर्ट गरिरहनुभएको छ ।

कस्ती केटी ?

तस्बिरमा बोल्ड देखिन्छु । तर वास्तविकमा भने म सिम्पल छु । सबैसँग सजिलै घुलमिल हुनसक्छु । अर्काे कुरा म झगडालु केटी पनि हुँ । एक दुई पटक केटासँग फाइट पनि खेलेकी छु ।

मनपर्ने केटा ?

हेर्दा राम्रो, समझदारी, बानी ब्यहोरा असल भएको मनपर्छ ।

प्रेममा हो कि होइन, पहिलो प्रेम प्रस्ताव कसले राखेको थियो ?

अहिलेसम्म प्रेममा छैन । प्रेमको अफर नआएको भने होइन । अफर गर्नेहरु धेरै छन् । उनीहरुलाई अहिले करियर बनाउने बेला हो भनेर टार्छु । म दस कक्षामा पढ्दा कलेज पढ्ने एक केटाले प्रेम प्रस्ताव राखेका थिए । त्यो नै मलाई प्रेमको अफर दियो । तर मैले अस्वीकार गरे । हाम्रो बोलचालसमेत भएन ।

झुट कति बोल्नुहुन्छ ?

कहिलेकाहीँ बोल्छु । बोल्नुपर्दाे रहेछ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

अभिनेता दयाहाङ राइसँग जान्छु । उहाँको अभिनय एकदमै राम्रो लाग्छ । उहाँसँग डेट जान पाएँ भने अभिनयका बारेमा केही सिक्न, बुझ्न र जान्न सक्थेँ कि भन्ने लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप