शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूर्छित सपनामाथि पानी छरेकै हो : प्रधानमन्त्री

‘तर म सपनाको सौदागर होइन’
शुक्रबार, ०३ असोज २०७६, १३ : ०९
शुक्रबार, ०३ असोज २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासका लागि जग बनेको र अब विकासले तीव्रता पाउने बताएका छन् । संविधान दिवस मुल समारोह समितिले काठमाडौको टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो बर्वालाई सरकारले आधार बर्षका रुपमा घोषणा गरेको र त्यो आधार तयार भएको र अव अरु तला थप्दैथप्दै अघि बढिनेने प्रष्ट पारेका छन् ।  प्रधानमन्त्रीले आफुले विकास र समृद्धिका लागि मूर्छित सपनामाथि पानी छरेकै हो भन्दै अगाडि भने, ‘मेरो काम मूर्छित सपना जगाउनु नै थियो ।’

तर उनले आफु र आफ्नो दल सपनाका सौदागर नभएको भन्दै आफुले पहिला गरेको प्रतिबद्धता अनुसार नै अव केही हुन्छ भनेर नै आम जनतामा आशाको सञ्चार पैदा भएको बताए ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका पक्षमा पक्ष र प्रतिपक्ष नहुने भन्दै त्यसमा सवैको भुमिका उस्तै रहनुपर्ने धारणा राखे । उनले संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह पनि गरे । ‘राजनीतिक आन्दोलनको चरण पुरा भएको छ । अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खल्बल्याउने काम भए सरकारले त्यसलाई रोक्छ,’ प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणाली सुदृढ भएमात्रै जनता सुखी हुने प्रस्ट पारे । 

प्रधानमन्त्री ओलीले मृत्युलाई आफुले नजिकैबाट देखेको भन्दै आफुजस्तै धेरैको प्रयासबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएको दावी गरे । उनले नेपालीहरुको सम्बृद्धिको सपना साझा सपना भएको भन्दै त्यो पुरा भएरै छाड्ने पनि दावी गरे । ‘मुलुकले काँचुली फेर्छ । हाम्रा सपना पुरा हुन्छन् । धैर्य गरौ । मुलुक बन्ने ठोस आधार तयार भएका छन्’, प्रधानमन्त्रीले दोहान नगरिएका प्रकृतिक स्रोत रहेको, दृष्टिकोणसहितको सरकार भएको र जनसंख्याकि आधार छ समेत भएकाले अव मुलुक बन्न समय नलाग्ने प्रस्ट पारे । तर उनले थोरै चिन्ता फुर्सदिलो युवापंक्तिमा भएको बताए । ‘मलाई थोरै चिन्ता फुर्सदिलो युवा पक्तिमा छ, जसको उर्जा रचनात्मक काममा भन्दा सामाजिक सञ्जालमा खर्च भइरहको छ,’ उनले सरकारको आलोचना गर्नेहरुलाई लक्षित गर्दै भने, ‘युवाहरुलाई देश बनाउने अवसरमा सहभागी बन्न म आग्रह गर्छु । उनले आजको आवश्यक्ता उच्छृङ्खलता र अराजकता गर्ने नभएको भन्दै असन्तुष्टिको खेतीलाई उकेरा लाउने नभई नतिजामुखि बनाउन सबैको सहकार्य अवाश्यक रहेको बताए ।

सम्बोधनको अधिकांश समय सरकारले गरेका कामको चर्चा गरेका प्रधानमन्त्री ओलीले उच्च आर्थिक वृद्धिदर हँसिल भएको, विकासले गति लिन लागेको र संघीयता कार्यान्वयनमा अघि बढेको चर्चा गरेका थिए ।

असोज ३ गते सबैभन्दा ठूलो चाडको दिन भएको भन्दै उनले संविधान संशोधन गरेर अघि बढ्न सकिने पनि बताए । ‘जुनबेला जे मिल्दैन, त्यसलाई सच्चाउदै अघि बढ्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप