शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नगरपालिकामा कुकर बम राखेको आरोपमा विप्लव समुहका महोत्तरी सेक्रेटरी पक्राउ

शुक्रबार, ०३ असोज २०७६, ११ : ०६
शुक्रबार, ०३ असोज २०७६

निकेश खनाल

बर्दिवास । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी भीम बहादुर आलेलाई महोत्तरी प्रहरीले बिहीवार राति पक्राउ गरेको छ ।

उनलाई गौशाला नगरपालिका वडा नं. ८ मा रहेको आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

आलेलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने मोत्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए ।

अहिले उनलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको बताईएको छ ।

विगत केही समयअघि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप उनमाथि छ ।

सोहि मुद्दामा डेढ महिना अघि महोत्तरीका इन्चार्ज रुक बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप