बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगद्वारा राष्ट्रपतिलाई जानकारी

बिहीबार, ०२ असोज २०७६, २२ : २८
बिहीबार, ०२ असोज २०७६

काठमाडौं-निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त सदस्य पदमा आगामी मङ्सिर १४ गते हुुने उपनिर्वाचनको तयारीका गतिविधि प्रस्तुुत गरेको छ । 

प्रस्तुुतिमा विशेष गरेर उपनिर्वाचन गरिने रिक्त पदका बारेमा जानकारी, विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन, राजनीतिक दल दर्ताको अवस्था, निर्वाचन सामग्री व्यवस्थापन र मतदाता शिक्षालगायत विषय केन्द्रित रहेको आयोगका प्रवक्ता गिरिजा शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

राष्ट्रपतिले सो अवसरमा आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिइन् । राजनीतिक दलसँग निरन्तर संवाद र समन्वयमा रही निर्वाचन व्यवस्थापनको सर्वस्वीकार्य वातावरण बनाउन आयोग क्रियाशील रहनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुझावका लागि राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप