शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान दिवसमा काठमाडौं महानगरले सेवा उपलव्ध गराउने

बिहीबार, ०२ असोज २०७६, २२ : २३
बिहीबार, ०२ असोज २०७६

काठमाडौं- काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । 

प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको पनि कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । 
    
सहभागीलाई राष्ट्रिय झण्डासहित ¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम पनि कामपाले गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फह¥राउन पनि आग्रह गरेका छन् ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पु¥याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवद्र्धन गरिने भएको छ । दिवसको अवसरमा सबै मातहत कार्यालयमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नगरवासीलाई पनि आग्रह गरिएको छ । 

असोज २, ३ र ४ गते रत्नपार्क र बालाजु पार्कमा अवलोकनका लागि आउने सबै सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन् । अरु बेला ती पार्कमा जान सर्वसाधारणले शुल्क तिर्नुपर्दथ्यो । काठमाडौँ महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा ती दुई पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको हो । बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि रु २५ शुल्क लाग्ने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप