शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१८ टोलीको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य

बिहीबार, ०२ असोज २०७६, २० : ५९
बिहीबार, ०२ असोज २०७६

काठमाडौं – नेपालको साफ यू–१८ टोलीले च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य लिएको छ । काठमाडौंमा एन्फाले गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय यू–१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले तेस्रो संस्करणको साफ यू–१८ उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने विश्वास व्यक्त गरे ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा भोलि (शुक्रबार) बाट सुरु हुने प्रतियोगिता अघि प्रि – म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए । प्रतियोगितामा सहभागि सबै टिम राम्रो भए पनि नेपालको तयारी उत्कृष्ट रहेको भन्दै प्रशिक्षक श्रेष्ठले उपाधी जितेर ह्याट्रिक गर्ने बताए ।

मुख्य प्रशिक्षक, अन्डर १८ समूह नेपाल

सबै खेल घरेलु मैदानमा भएको र प्रतियोगिता अघि ४५ दिन तयारीले उपाधी जित्न सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताए  ।

नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ । यसअघि नेपालले नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सहज मानिएको समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन । सेमिफाइनल पछिका खेलमा भने नेपालको सामना अर्को समूहमा रहेका भारत र बंगलादेश सँग हुनेछ । 

दुबै टीम साफ यू–१८मा पनि बलियो मानिन्छ । उपाधी जित्न नेपालको बाधक भारत र बंगलादेशको टीम नै हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप