शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसको पूर्वसन्ध्यामा बाबुरामको खुलासा: मैले राखेको त्यो प्रस्ताव काँग्रेसले मानेन

बिहीबार, ०२ असोज २०७६, १८ : ५६
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान निर्माण कार्यलाई आफूले कम्तीमा एक हप्ता लम्ब्याउन आग्रह गरेको तर काँग्रेसका नेताहरुले नमानेको खुलासा गरेका छन् । 

‘संविधानको ३०८ धाराका बारेमा छलफल हुनुपथ्र्यो, त्यति नगरेपनि कम्तीमा छलफलका लागि एक हप्ता अझै समय दिउँ भनि आग्रह गर्दा काँग्रेसका नेताहरुले मानेनन्’ उनले भने । हतारमा संविधान निर्माण गरिएको हुनाले त्यो अपूर्ण रहेको बताउँदै उनले त्यही भएर आफूले ग्लास आधा भरिएको तथा आधा खाली रहेको अभिव्यक्ति दिएको बताए । 

संविधान दिवसको पूर्वसन्ध्यामा समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले आज पत्रकारसँगको भेटघाटमा संविधान दिवस र कालो दिवस दुवै अतिवादी सोच भएको बताए । सरकारले पञ्चायती शैलीमा संविधान दिवस मनाउन थालेको  भन्दै उनले गुनासो पनि गरे ।

संविधान संशोधनको लागि कुरा उठेको विषयलाई मत्थर पार्नका लागि सरकारले तामझामका साथ संविधान दिवस मनाउन लागेको दावी गर्दै अध्यक्ष भट्टराईले यो दिवस पञ्चायती शैलीको हुन लागेको दाबी गरे । 

उनले विदेशी बुहारीलाई नागरिकता दिनका लागि विधि केही खुकुलो बनाउनुपर्ने बताए । ‘भारतमा ७ वर्षपछि नागरिकता दिन्छ भने नेपालमा पनि त्यसैगरि दिनुपर्छ भन्ने होइन, अलिकति केही समय राखेर नागरिकता दिनुपर्छ’ उनले भने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप