‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न, करियर काउन्सिलिङ देखि छात्रवृत्तिबारे जानकारी
काठमाडौं– नेप्लिज एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को आयोजनामा काठमाडौंमा ‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न भएको छ।
नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले फेयर आयोजना गरिएको हो ।
काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित शैक्षिक मेलालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बर्डले सम्बोधन गरेका थिए । पिटरले अस्ट्रेलियन शिक्षाको महत्वबारे प्रकाश पार्दै नायर अन्तरगतका शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीलाई सही परामर्श दिने विस्वास ब्यक्त गरे ।
साथै उनले नेपाली विद्यार्थीको मेहनेतबाट आफु प्रभावित भएको पनि बताए ।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटीएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङ सम्बन्धी जानकारी गराइएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त एस स्टडिज, ब्रिज ब्लू, डलफिन एजुकेशन, एडुब्रिज, एजुकेशन फर्स्ट, एजुकेशन पार्क, एक्सपर्ट एजुकेशन, ग्लोबल रिच, हब, मेन्टर, मोटिफ एजुकेशन अब्रोड, नेपाल एजुकेशन कन्सल्टेन्सी, नेप्लिज इन्काउन्टर्स, ओली एण्ड असोसिएट्स, प्रोफेशनल एजुकेशन, राइट एण्ड असोसिएट्स, द नेक्स्ट, युनिक्याम्पस र भिआईईसी लगायतका नेपालको उत्कृस्ट शैक्षिक परामर्श दिने संस्थाहरुको स्टल रहेको थियो ।
मेलाको ब्यवस्थापन वान अप प्रालिले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा