शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौथो अधिवेशनमा राष्ट्रियसभाको ५१ वटा बैठक : १९ विधेयक पारित

बिहीबार, ०२ असोज २०७६, १८ : १७
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– संघीय संसदको चौथो अधिवेशनमा राष्ट्रिय सभाको ५१ बैठकले १९ वटा विधेयक पारित गरेको छ । गत बैशाख १६ गतेदेखि सुरु भएको राष्ट्रियसभाको बैठक असोज २ गतेसम्म १ सय ४५ दिन चलेको छ । 
यो ५१ वटा बैठक बसी १ सय १० घण्टा २० मिनेट सभाको काममा समय व्यतित गरेको राष्ट्रियसभाले जनाएको छ । 

राष्ट्रियसभाले यो सत्रमा गरेको महत्वपूर्ण कामहरुमा आर्थिक वर्ष २०७६।७७ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७६ वैशाख २३ र २४ गते छलफल भई बहुमतबाट पारित गर्नु,  अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गर्नु रहेको छ ।  

तेस्रो अधिवेशन अवधिमा सभामा उत्पत्ति भई यस अधिवेशन अवधिमा पारित गरिएका विधेयकहरूमा प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५, राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५, प्रशासकीय अदालत विधेयक, २०७५,  विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ रहेको छ । 

यस्तै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भई सभाबाट पारित गरिएका विधेयकहरूमा  विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६,  ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६, वन विधेयक, २०७५, वातावरण संरक्षण विधेयक, २०७५, प्रहरी समायोजन विधेयक, २०७५,  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५,  भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५, सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५, औद्योगिक व्यवसाय विधेयक, २०७५ र  राहदानी विधेयक, २०७५ लाई पारित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप