बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

६५ हजार घुस रकमसहित वन अधिकृत अख्तियारको नियन्त्रणमा

बिहीबार, ०२ असोज २०७६, १७ : ५७
बिहीबार, ०२ असोज २०७६

बुटवल– नवलपरासी (सुस्ता–पश्चिम) बाट ६५ हजार घुस रकमसहित दुई जनालाई अख्तियार कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको छ । सब डिभिजन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरी ६५ हजार घुससहित पक्राउ परेका हुन् ।

उनीसँगै वन कार्यलय रहेको भवनका घरधनी मनोजकुमार शर्मालाई पनि पक्राउ गरिएको छ । सहायक वन अधिकृत चौधरीले सेवाग्राहीको मुद्धा मिलाइदिने भन्दै रकम मागेका थिए ।

उक्त रकम घरधनीमार्फत ल्याउने क्रममा प्रकाउ गरिएको छ । उनीहरुलाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । दुवैलाई अहिले बुटवलमा राखेर बयान लिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप