शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन गरेर शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ : डा.बाबुराम भट्टराई

बिहीबार, ०२ असोज २०७६, १६ : ३३
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ– समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आलोचनात्मक चेतसहित विषयवस्तुलाई हेरेमात्रै विकास र सम्मृद्धि हुने बताएका छन् । उनले त्यसका लागि अहिले अपनाइएको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दावी गरेका छन् । 

बिहीबार संसदको वर्षे अधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै डा.भट्टराईले थुप्रै राम्रा काम गरिएकोमा त्यसमा सन्तुष्ट हुनुपर्ने भएपनि असन्तुष्टि नै विकासको जननी हुने बताए । उनले अब गर्नुपर्ने केही काम नै बाँकी नरहेको जस्तो सरकारले गरिरहेको भन्दै त्यसरी सोचिए विकास नहुने बताए । उनले राम्रा कामको स्वामित्व लिदै गर्न बाँकी कामहरुप्रति ध्यान जानुपर्ने बताए ।

उनले संस्कृत साहित्यको एक प्रसिद्ध भनाई सुनाउँदै भने, ‘जीवन्तुमे सत्रुगणा सदैवहः यनाम प्रसादात सुविचक्षोणहं यदायदामाह् विक्रिन्तिम् लभन्ते, तदा तदामाम् परिवोधयन्ते ।’ उनले आफ्ना प्रतिद्वन्द्वीहरुप्रति आफु आभारी रहेको भन्दै उनीहरुकै कारण हमेसा सजग रहेको बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले लोकतन्त्र भनेकै वार्ता र सम्वादमबाट गरिने शासन पद्धति भएकाले केही विषयामा सत्तापक्षको ध्यानाकर्षण गराउन जरुरी रहेको बताए । उनले नेपाली जनताले आफ्नो संविधान आफैले बनाउनु महत्वपूर्ण भन्दै संविधान कहिल्यै पनि ढुङ्गामा कुँदेको अक्षर नहुने बताए । ‘संविधान भनेको समाजमा विद्यमान आर्थिक, राजनीतिक सामाजिक शक्ति सन्तुलनको दस्तावेज हो । जब समाज परिवर्तन हुँदै जान्छ, विभिन्न वर्ग समुदायका इच्छा आकांक्षा परिवर्तन हुँदै जान्छन् र संविधान पनि परिवर्तन हँुदै जानुपर्छ’ डा. भट्टराईले भने, ‘लोकतन्त्र पनि आफैंमा विकासशील प्रकृया हो ।’

उनले इतिहास हेर्दा पहिलो चरणको लोकतन्त्र व्यक्तिको स्वतन्त्रतामा आधारित भएको, दोस्रो चरणको लोकतन्त्र सामाजिक बर्गहरुको समानता र अधिकारमा आधारित भएको र अहिलेको लोकतन्त्र व्यक्ति र वर्गमात्र नभई लिङ्ग जाती समुदायलगायत सवैको समानता र स्वतन्त्रताका लागि भएको भन्दै त्यस्तो खालको लोकतन्त्र ल्याउन केही कुरामा सफल भएपनि धेरैमा चुकेको बताए । उनले त्यो त्रुटि संविधानमै गरेको भन्दै त्यही कारण पञ्चयती शैलीमा उर्दी जारी गरेर संविधान दिवस मनाउनुपरेको दावी गरे । साथै उनले अर्कोतिर संविधान च्यात्नुपर्छ भन्ने अतिवादी प्रवृति देखिएको बताए ।

उनले त्यसकारण संविधान संशोधन गर्नुपर्ने बताए । आफुले उतिवेलै यो संविधान आधा गिलास भरी र आधा खाली भनेको भन्दै चार बर्षसम्म पनि संशोधन नभएको बताए । उनले संविधान संशोधन नभए यसप्रति ठुलो असन्तुष्टि बढ्दै जाँदा त्यो थेग्न नसक्ने चेतावनी दिए । त्यो असन्तुष्टि विष्फोटक भए ठुलो दुर्घटाना हुने भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । पुर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारी प्रणालीमा नगएसम्म असन्तुष्टिहरु रहिरहने भएकाले संविधान संशोधन गर्न ढिला गर्न नहुने बताए ।

कानुन बनाउने क्रममा त्रुटि भएको भन्दै उनले महिला जनजातीहरुले अवसर गुमाउनुपरेको बताए । भ्रष्टाचार गन्हाइरहेको भन्दै यसको स्रोत के हो ? भन्दै प्रश्न गरे । भ्रष्टाचार बढ्नुमा धेरै कारण रहेको भन्दै व्यक्ति भन्दा पनि निर्वाचन प्रणाली प्रमुख कारण रहेको डा.भट्टराईले गुदी खोज्नुपर्ने बताए । जिम्मेवार व्यक्तिहरुले ने लोकतन्त्र गुम्छ भन्ने कुरा आएकोमा आफुलाई चिन्ता लागेको बताएका उनले पहिला आफ्नो अनुहार आफैले हेर्नुपर्ने बताए । लोकतन्त्रको प्रतिफल विकास र सम्मृदि नै भएको भन्दै अर्थतन्त्रको सुधार सनतोषजनक नभएको बताए । लगानी बृद्धि नभएको, व्यापार घाटा बढेको भन्दै उल्टो दिशातिर जानुले सकारात्मक संकेत नभएको बताए । 
त्यस्तै भट्टराईले विदेशी चासो र स्वार्थका बीच सन्तुलित नीति अपनाउन नसक्दा देश द्वन्द्वमा फस्नसक्ने तर्फ सचेत रहनुपर्ने बताए । ‘चीन, अमेरिका र भारतका आआफ्नै चासो र स्वार्थको टकराब बीच नेपालले सन्तुलित व्यवहार गर्न नसक्दा ‘अफगानिस्तान’ बन्ने खतरा रहेको छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप