शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसकारण स्थगित भयो प्रधानमन्त्रीको सम्बोधन

बिहीबार, ०२ असोज २०७६, १५ : २२
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले संसदमा गर्न लागेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ  ।  संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने  कार्यक्रम तय भएपनि अन्तिम समयमा सम्बोधन स्थगित भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने सूचना दिएको थियो ।  प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगितबारे सोध्दा प्रधानमनत्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार संविधान दिवस परेको र त्यही दिन बोल्ने भएकाले आजको सम्बोधन स्थगित भएको जवाफ दिए ।

प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसका अवसरमा टुँडिखेलमा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । ओलीको सट्टा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप