केन्द्रीय संस्करण

राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाद्वारा स्वीकृत

person explore access_timeअसोज २, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टर भेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।  राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको विहिबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्रप्रसाद रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनुपर्ने सुझाव दिएका हुन् । प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटाउने, व्यापार घाटा कम गर्ने, भ्रष्टाचार नियन्त्रण लगायत विषय सम्बोधन गर्ने गरि कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उनीहरुले राखेका थिए ।

छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए । अर्को बैठक आजै अपरान्ह साढे २ बजेका लागि बोलाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.