केन्द्रीय संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा बाढीपीडितलाई सहयोग

person explore access_timeअसोज २, २०७६ chat_bubble_outline0

सिराहा–मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको छ । 

बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको क्षती भएको छ । बाढीपीडितलाई सहयोग गर्नेमा यस विकास बैंक सबैभन्दा पहिलो संस्था रहेको बैंकले जनाएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.