शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँपछि अल्टिमेटम दिएर सरकार छाड्छौँ : डा. भट्टराई

बिहीबार, ०२ असोज २०७६, १३ : ३३
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।

राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै अध्यक्ष भट्टराइले सो कुराको खुलासा गरेका हुन् ।

‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ ।  अब हामी धेरै पर्खिदैनौँ,’ डा. भट्टराईले भने ।

उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।

उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको पनि बताए । भने, ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो थाहा पाइसकेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप