मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अक्षय कुमारले खुल्ला रुपमा रेलमा यात्रा गरे, मानिसहरुले चिन्न सकेनन् (भिडियो)

बिहीबार, ०२ असोज २०७६, १० : ३४
बिहीबार, ०२ असोज २०७६

बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो । घाटकोपरदेखि वर्सोवासम्म ट्राफिकलाई पार गर्दै एउटा बोससँग यात्रा गर्यौं ।’

भिडियोमा अक्षय कुमार भनिरहेका छन्, ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा यात्रा गरिरहेको थिएँ, त्यहाँबाट मलाई वर्सोवा पुग्नु थियो । मेरो नक्साले २ घण्टा पाँच मिनेट लाग्ने बताइरहेको थियो । मेरा साथी मेरो फिल्म ‘गुड न्यूज’ का निर्देशक हुन् । उनले मलाई मेट्रोबाट जाने बताए । मैले भीडभाड हुने बताएपनि उनले हेरौं न जाऔं भने । त्यसपछि मैले पनि ल त जोखिम मोलौं भनेँ । म एक–दुईजना सुरक्षाकर्मीसहित चुपचाप यता बसिरहेको छु ।’

अक्षयले २ घण्टाको यात्रा २० मिनेटमा गरेको बताए । उनले उक्त यात्रा आफूले निकै रमाइलो लागेको बताए । अक्षयले यसैबीच मेट्रोको अवस्था पनि देखाए जसमा मानिसहरु खचाखच भरिएका थिए । उनले भने, ‘मलाई लाग्छ कि यो एउटा यस्तो यातायात हो जुन निकै अग्लो छ त्यसकारण जमिनमा जतिसुकै पानी भएपनि यो प्रभावित हुनेछैन,’ उनले यो विशेष आइडियाका लागि राजलाई धन्यवाद पनि भनिन् ।

स्मरण रहोस्, अक्षय कुमार फिल्म ‘गुड न्यूज’ मा करिना कपुर खानसँगै देखिनेछन् । यो फिल्मको सुटिङको बेलाका केही तस्बिर सोसल मिडियामा सार्वजनिक भएका थिए । तस्बिरमा करिना कपुर खानलाई गर्भवतीको रुपमा देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप