शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलः हरेक घण्टा १३ वर्ष मुनिका ४ किशोरीमाथि उत्पीडन, दुई मिनेटमा एउटा मुद्दा दर्ता

बिहीबार, ०२ असोज २०७६, ०९ : ४८
बिहीबार, ०२ असोज २०७६

ब्राजिलमा १३ वर्षभन्दा कम उमेरका चार किशोरीमाथि हरेक घण्टा उत्पीडन हुन्छ । हरेक दुई मिनेटमा पुलिस स्टेशनमा महिलाविरुद्ध हिंसाको रिपोर्ट दर्ता हुन्छ । यो खुलासा गैर–सरकारी ब्राजिलियन फोरम पब्लिक सिक्योरिटीको रिपोर्टमा भएको हो । २० करोडको जनसंख्या भएको ब्राजिलमा महिलाको स्थिती निकै भयावह छ । राष्ट्रिय हत्या दरमा १०.८ प्रतिशत कमी हुँदा हुँदै पनि गत वर्षको तुलनामा यो वर्ष महिलाको हत्यामा ४ प्रतिशतको वृद्धि भएको छ ।

उत्पीडनको मामलामा पनि वृद्धिः

१० सेप्टेम्बरमा जारी रिपोर्ट अनुसार महिलाको हत्याको मामलामध्ये ८८ प्रतिशत उनका साथी वा पूर्व साथी थिए । २ लाख ६३ हजार बढी महिला आफ्ना पुरुष पार्टनरबाट पीडित छन् । देशमा उत्पीडनको मामलामा पनि वृद्धि भएको छ । लगभग ५४ प्रतिशत पीडित १३ वर्षभन्दा कम उमेरका किशोरी छन् ।

सरकारी वकिल वेलेरिया स्कारेन्सले एक कार्यक्रममा भनेका थिए, ‘ब्राजिल अहिले पनि महिलाका लागि सबैभन्दा खतरनाक स्थानमध्येको एक हो । उनीहरु आफ्नै घरमा पनि सुरक्षित छैनन् । सन् २०१५ को एक रिपोर्टका अनुसार महिलाको हत्याको मामलामा ब्राजिल संसारको पाँचौ देश हो ।’

गैर–सरकारी संगठन ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) का अनुसार हरेक वर्ष हज्जारौं यस्ता मामला पनि सार्वजनिक हुन्छन् जसको सही तरिकाले अनुसन्धान गरिँदैनन् । सन् २०१७ मा बजेटमा कटौतीका कारण घरेलु हिंसाका शिकार महिलाका २३ शेल्टर होम बन्द गरियो ।

फेडरल जज बेन–हूर विजाले देशमा सधैं घरेलु हिंसाको मामला सार्वजनिक भइरहने बताउँदै यसको मुख्य कारण सांस्कृतिक रुपले यसलाई स्विकार गरिनु हो । उनले भनिन्, ‘यो यस्तो हुन्छ जुन ढोकाको पछाडि, घरभित्र हुन्छ ।’

यस्तै, ब्राजिलको टिभी ग्लोबोका अनुसार गत वर्ष ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले एक कांग्रेसी महिलामाथि अभद्र टिप्पणी गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘उनी उत्पीडन गर्ने लायक नै छैनन् किनभने उनी निकै कुरुप छिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप