मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बराबरीमा रोकियो युभेन्ट्स

बिहीबार, ०२ असोज २०७६, ०९ : ३५
बिहीबार, ०२ असोज २०७६

इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

युभेन्ट्सका जुवान कोर्डाडोले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । ६५औं मिनेटमा ब्लेइस म्याथुडीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । युभेन्ट्सको लगातार दुई गोलपछि जोसिएको एट्लेटिकोले ७०औं मिनेटमा पहिलो गोल फर्काएको थियो । एट्लेटिकोका स्टेफन सेभिकले पहिलो गोल गरे । त्यसपछि ९०औं मिनेटमा हेक्टर हेरेराले गोलगर्दै लेललाई बराबरीमा ल्याएका थिए ।

समूह ‘डी’ मा रहेको युभेन्ट्स र एट्लेटिकोले बराबरीसँगै  एक एक अंक बाँडेका छन् । यही समुहको अर्काे खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनलाई २–१ गोलले हराएको छ । जितसँगै समूहमा तीन अंक बनाएको लोकोमोटिभ मस्को शीर्ष स्थानमा छ । अंकविहिन  लिभरकुसेन अन्तिममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप