मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिटीको सानदार जित

बिहीबार, ०२ असोज २०७६, ०९ : ३३
बिहीबार, ०२ असोज २०७६

इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले युक्रेनको सख्तर डोनेस्कलाई उसैको मैदानमा ३–० गोलले हरायो । सिटीको जितमा रियाद महारेजले २४औं मिनेटमा पहिलो गोल गरे । 

३८औं मिनेटमा गुन्डोगोनले दोब्बर बनाए । ७६औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीको जित सहज बनाए । जितसँगै समूह ‘जी’ मा रहेको सिटीले तीन अंक बनाएको छ । सख्तर डोनेस्कको अंक विहिन बनेको छ ।

यही समूहको अर्काे खेलमा क्रोएसियाको डाइनामो जाग्रिवले इटालियन क्लब एटलान्टालाई ४–० गोलले हरायो । जाग्रवको शानदार जितमा मिस्लभ ओरसिसले ह्याट्रिक पूरा गरे । मिस्लभले ३१औं, ४२औं र ६८औं मिनेटमा गोल गरेका थिए । यसअघि मारिन लियोभाकले १०औं मिनेटमा सुरुवाती गोल गरेका थिए । जितसँगै डाइनामो जाग्रिव तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अंकविहिन एटलान्टा अन्तिममा छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप