गण्डकी मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलनमा
बुधबार, ०१ असोज २०७६, २१ : २५
काठमाडौं – गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले शिक्षाका नाममा लाखौ रुपैया अबैध असुलेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।
आइओएमले तोकेको शूल्क भन्दा लाखौ बढी अबैध रुपमा मेडिकल कलेजहरुले असुली गरिरहेको भन्दै केही दिनदेखि चिकित्सा शिक्षा संघर्ष समितिको नाममा स्वतन्त्र विद्यार्थी युनियनले महाराजगञ्ज मेडिकल कलेजको नेतृत्वमा चितवन मेडिकल कलेजमा आन्दोलन हुँदै आएको थियो ।
बुधबार गण्डकी मेडिकल कलेजका विद्यार्थीले र्यालि निकाली मेडिकल शिक्षाका नाममा अबैध रुपमा लिइएको लाखौ रुपैया फिर्ता गर्नु पर्ने माग गरे हुन् ।
देशै भरका मेडिकल कलेजले सरकारले तोके भन्दा १२ देखि १५ लाखभन्दा बढी असुल्ने गरेको विद्यार्थीहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान