शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको पीओएस सेवा सुचारु, कार्डबाट कारोवार गर्न सकिने

बुधबार, ०१ असोज २०७६, १८ : ५९
बुधबार, ०१ असोज २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल पीओएस मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । 

यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सकिनेछ । यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । 

बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल (पीओएस) मेशिनहरु रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप