शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्काईवर्थद्वारा ‘ग्राण्ड छुट उत्सव’ को घोषणा

बुधबार, ०१ असोज २०७६, १८ : ५४
बुधबार, ०१ असोज २०७६

काठमाडौं– के.एल. दुगड ग्रुप अन्तर्गतको स्मार्ट अपलायन्सेस् कम्पनीले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा ‘स्काइवर्थ ग्राण्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । 

यो क्याम्पेनको नारा ‘स्काईवर्थसँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग’ रहेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेस्को खरिदमा ३०% सम्मको छुट प्राप्त गरेर यस चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् । 

विगत ४ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शिर्ष रोजाई बन्दै आइरहेको छ । स्काईवर्थ होम अपलायन्सेस् दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वाशीलो र भरपर्दो उत्पादन बनेको छ । 

एक उत्कृष्ट ब्राण्ड स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउँनुका साथै यो चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप