शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर: सर्वेन्द्र खनाल

बुधबार, ०१ असोज २०७६, १८ : ३४
बुधबार, ०१ असोज २०७६

काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् ।  नेपाल प्रहरी श्रीमती सङ्घद्धारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३ औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक खनालले लागूऔषध नियन्त्रणलाई नेपाल प्रहरी र सरकारले विशेष चासो दिएको बताएका हुन् । 

‘लागूऔषध प्रयोगकर्ताको उपचारका लागि नेपाल प्रहरीले सातै प्रदेशमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागेको छ,’–उनले भने । उनले कठिन परिस्थिति गुजारेर अघि बढेका केन्द्रमा उपचाररत सदस्यले सकारात्मक सोच लिएर अघि बढेमा अब्बल नागरिक बनेर देशलाई योगदान पु¥याउन सक्ने बताए । 

महानिरीक्षक खनालले बाटो बिराएर लागूऔषध दुव्यर्सनमा फसेका व्यक्तिलाई समाजमा पुर्नस्थापना गर्ने पवित्र कार्य गर्न केन्द्र तथा यसमा सहयोग गर्ने नागरिक समाजको योगदान विशिष्ट भएकाले लागूऔषध दुव्यर्सन हुने अन्य स्थानमा समेत केन्द्र स्थापना गर्न लागेको उल्लेख गरे । 

नेपाल प्रहरी श्रीमती सङ्घले निश्वार्थ रुपमा समाजसेवाको क्षेत्रमा काम गरेकाले सबै भएर सहयोग गर्नुपर्ने बताए । नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले लागूऔषध सेवनले व्यक्तिका साथसाथै समाज, राष्ट्र र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा असर पर्ने भएकाले यसको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

मानवसेवा भन्दा ठूलो सेवा अरु केही सेवा नहुने भएकाले मानवसेवाको क्षेत्रमा तन, मन र कर्मले लाग्नुपर्ने उनको भनाई थियो ।  काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दिपक केसीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रणमा स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । 

केन्द्रका अध्यक्ष एवम् नेपाल प्रहरी श्रीमती सङ्घ अध्यक्ष प्रमिला खनालले समाजमा दिनानुदिन लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई रोक्न राज्यका सबै नागरिकको भूमिका अपरिहार्य रहेको बताईन ।  विस २०५४ सालमा स्थापना भएको सुधार केन्द्रले लागूऔषध प्रयोकर्ताको उपचार साथै परामर्श दिँदै आएको सङ्घकी सचिव वविता पालले जानकारी दिइन् । 

कार्यक्रममा केन्द्रको विकासमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो । सोही अवसरमा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप