शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई विधेयक स्वीकृत, एक समितिमा

बुधबार, ०१ असोज २०७६, १७ : ०८
बुधबार, ०१ असोज २०७६

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।  बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो । 
 यसैगरी गृहमन्त्री थापाले ‘प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी दोस्रो प्रस्ताव पनि प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

दुवै प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद दिलेन्द्रप्रसाद बडूले विधेयकमा कर्मचारी भन्ने शब्द थप गरिनुपर्ने माग गरे । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका  थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप