डाँका मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ
बुधबार, ०१ असोज २०७६, १७ : ०२
सिरहा– डाँका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
सिरहाको चन्द्र उदयपुर निवासी रहमत राई र जमाहिर मियाको जाहेरीको आधारमा जिल्ला अदालत सिरहाले २०७१ साल वैशाख ३० गते छ वर्ष कैद र रु एक लाख ८० हजार जरिवाना गरेको थियो ।
पक्राउ परेका मन्सुरीलाई जिल्ला अदालत सिरहामा बुझाउने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार