बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘गोर्खे’ गीत : अर्जुन र एन्जलको ‘गाउँभरि हल्ला’

बुधबार, ०१ असोज २०७६, १६ : ५३
बुधबार, ०१ असोज २०७६

काठमाडौं– फिल्म ‘गोर्खे’ को नयाँ गीत ‘गाउँभरि हल्ला’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचारलाई अगाडि बढाउन यो गीत बाहिर ल्याएको हो । गीतमा कलाकार अर्जुन गुरुङ, एन्जल श्रेष्ठ लगायत देखिएका छन् । भुषण खतिवडाको स्वर तथा हरि लम्सालको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी शिव विकले गरेका छन् ।

रविन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ ।  हरि लामा प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता तिर्थ कोजु र हरि थापा हुन् ।  कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा निरज कँडेलको छायाँकन, हिमाल केसीको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप