शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रु १०० मा नेपाल टेलिकमले ३ जीबी डाटा प्याक दिने

बुधबार, ०१ असोज २०७६, १६ : २६
बुधबार, ०१ असोज २०७६

काठमाडौं–संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्थि जारी गर्दै जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको हो । 

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्ने छ भने 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने प्रवक्ता बैद्यले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप