बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचीकृत

बुधबार, ०१ असोज २०७६, १६ : १४
बुधबार, ०१ असोज २०७६

काठमाडौँ– सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनःआह्वान गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेका हुन् ।
उनले सरकारको सो अभियानमा साथ दिनपनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

सरकारी तथ्याङ्क अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कारवाही गर्ने चेतावनी पनि दिए । 

मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरुलाई सचेत गराए । 

मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन पनि दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप