बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि प्रस्ताव पारित हुन नदिन देउवाको निर्देशन

बुधबार, ०१ असोज २०७६, १४ : ४३
बुधबार, ०१ असोज २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि प्रस्ताव पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका देउवाले संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडानअनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाले निर्देशन दिनुभएको पार्टीका राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धि विधेयकमा नेपाली काँग्रेसका सांसदहरुले फरक मत राखि अघि बढन दिएका छैनन् । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली काँग्रेसको फरक मत छ । सभापति देउवाले पार्टीको सोही अडान नछाडन समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत पनि गराए ।

बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धि विधेयक पनि संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप