शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नियुक्तिबारे प्रश्न उठेपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको ६ बुँदे स्पष्टीकरण

बुधबार, ०१ असोज २०७६, १३ : ४९
बुधबार, ०१ असोज २०७६

काठमाडौँ । नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले ६ बुँदे स्पष्टीकरण दिएका छन् । 

   भदौ २६ गते आयोगको उपाध्यक्ष पदमा नियुक्त भएका प्रा.डा गिरीबारे सामाजिक संजाल तथा विभिन्न संचार माध्ययममा योग्यता नपुगेको भन्दै प्रश्न उठाइएको थियो । 

उपाध्यक्ष गिरीले ऐन अनुसारको योग्यता भएकै कारणले आफू आयोगको पहिलो उपाध्यक्ष बन्न सफल भएको बताएका छन् । उनले योग्यता नपुगेको कसैले पुष्टि गरे आफू उपाध्यक्ष पद त्याग्न र जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको जनाएका छन् । 

यस्ता छन् ६ बुँदे स्पष्टीकरण ।
१. शैक्षिक योग्यता   डिग्री २ वर्षको भएकाले मान्यता नपाउने भन्ने सन्दर्भमा ।
मैले Post Graduate Diploma in Orthopaedics १ वर्षे कोर्ष 1996 मा चीनबाट र M=S=Orthopaedics Trauma Surgery ४ वर्षे कोर्ष २००३ मा चिकित्सा शास्त्र अध्ययन संस्थान (Institute of Medicine), महाराजगञ्जबाट गरेको छ । यी दुवै डिग्री विशेषज्ञताको लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।

२. मेडिकल कलेजमा प्राध्यापक नभएको भन्ने सन्दर्भमा ।    
  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशकै सबैभन्दा ठूलो चिकित्सा विषयमा स्नातकोत्तर MD/MS र सो भन्दा माथिको Superspeciality का MD/MCH अध्ययन हने शिक्षण संस्था हो । यो मेडिकल कलेज भन्दा उच्च तहको शिक्षण संस्था हो । यो संस्थामा १० वर्षभन्दा बढी समयदेखि प्राध्यापकको जिम्मेवारीमा रही अध्यापन तथा अनुसन्धानमा संलग्न भएको हुँ । सो भन्दा पहिले सह—प्रध्यापकको जिम्मेवारीमा रहेको थिए ।

३. स्वास्थ्य सेवामा २० वर्षको अनुभव नभएको भन्ने सन्दर्भमा ।
  वि.सं.२०४१ सालमा लोकसेवा आयोगको परीक्षा पास गरेपछि हालको पदमा बहाल हुनुभन्दा अघिसम्म नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सेवारत थिए ।

४. नेपाल मेडिकल काउन्सिलमा दर्ताको अवधि २० वर्ष नपुगेको भन्ने सन्दर्भमा ।
  नेपाल मेडिकल काउन्सिलले विशेषज्ञता दर्ता गर्न सुरु गरेको अवधि नै २० वर्ष पुगेको छैन ।

५. राजनीतिक संलग्नता राजनीतिक दलको कार्यकर्ता उपाध्यक्षमा नियुक्ति भएको भन्ने सन्दर्भमा ।
  म कुनै पनि राजनीतिक दलको सदस्य छैन।

६. ऐन अनुसारको योग्यताको सन्दर्भमा ।
वास्तविकताः माथि उल्लेख भएको तथ्यले नै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले गरेको व्यवस्था अनुसार मेरो योग्यता र अनुभव पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप