७० वर्ष कटेका यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा
काठमाडौं–पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन यसअघि नै सबै हवाइ सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मन्त्री भट्टराईको यस निर्देशनलाई निजी हवाइ सञ्चालकले कार्यान्वयनमा ल्याउन नसक्ने भन्दै विरोध जनाएका थिए ।
तर सरकारी निर्देशन कार्यान्वयनमा अहिले सरकारी एयरलाइन्सनै अग्रसर भएको छ । ७० वर्ष पूरा भएको प्रमाणपत्रको आधारमा टिकटमा छुट हुनेछ ।
नेपाल एयरलाइनन्का सहप्रवक्ता सुलेख मिश्रले आजैको दिनदेखि कार्यान्वयनमा आएको जनाएका छन् । गत भाद्र ३० गते वाणिजय विभाग सम्बद्ध समिति (मार्केटिङ कमिटी) ले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने भनेपछि आन्तरिक उडानमा मात्र लागू हुने गरी छुटको व्यवस्था गरिएको मिश्रले बताए ।
तर यस्तो छुटको टिकट काट्नका लागि भने एयरलाइन्सको कार्यालयमै आइपुग्नुपर्ने उनले जानकारी गराए । एयरलाइन्सले छुट्टै सफ्टवेयर निर्माण नगरेसम्म टिकट काट्न कार्यालय नै धाउनुपर्ने भएको छ ।
नेपाल एयरलाइन्सले दशैतिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ पनि खुला गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै