शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा भएका दुई आत्मघाती विस्फोटमा परेर ४८ को मृत्यु

बुधबार, ०१ असोज २०७६, १२ : ०१
बुधबार, ०१ असोज २०७६

एजेन्सी । अफगानिस्तानका दुई शरहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ४८ जना मारिएका छन् । आक्रमणमा घाइते हुनेको संख्या ४० रहेको अधिकारीले जनाएका छन् ।  

दुई मध्य एउटा आक्रमण राष्ट्रपति अशरफ घानीको ¥यालीमै भएको थियो । मंगलबारको पहिलो आत्मघाती विस्फोट मोटरसाइकलमा सवार आत्मघाती हमलावरले गराएका थिए । 

आक्रमणबाट घानीलाई कुनै चोटपटक नलागेको र उनी सुरक्षित भएको खबर छ । घानीका चुनावी अभियानका प्रवक्ताले पनि यसको पुष्टि गरेका छन् ।

घानीले परवान प्रदेशको राजधानी चारिकारमा सम्बोधन गर्ने कार्यक्रम थियो । तर आक्रमणपछि कार्यक्रम बिथोलियो । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

आत्मघाती आक्रमणकर्ताले विस्फोटक पदार्थले भरिएको मोटरसाइकललाई घानीको ¥यालीको गेटमा ठक्कर दिएका थिए । 

गृह मन्त्रालयका प्रवक्ता नस्रत रहिमीका अनुसार घानीको ¥यालीमा मर्नेमध्य चार जना सेना पनि छन् । 

परवन अस्पतालका प्रमुख अब्दूल कसिम संगिनले मर्नेमा बालबालिका पनि रहेको र मृतकको संख्या बढ्न सक्ने चिन्त व्यक्त गरे । 

काबुलमा दोस्रो विस्फोट
चारिकारमा विस्फोट भएको एक घण्टापछि दोस्रो विस्फोट भएको थियो । आक्रमण रक्षा मन्त्रालय, अमेरिकी दुतावास र नाटोको मुख्यालय रहेको काबुलको ग्रिन जोन क्षेत्रमा भएको थियो । 
राजधानीमा भएको उक्त विस्फोटको जिम्मा पनि तालिवानले लिएको छ र यो पनि आत्मघाती विस्फोटनै भएको उसले दावी गरेको छ । 

काबुलको विस्फोटमा २२ मारिएको र ३८ घाइते भएको गृहमन्त्रालयका प्रवक्ताले जानकारी दिए ।  

यही महिनाको अन्त्यतिर हुन लागेको अफगान राष्ट्रपतिय निर्वाचनलाई लक्षित गरेर अफगानिस्तानभरी आक्रमणमा वृद्धि भएको छ । 

तालिवानले सेप्टेम्बर २८ को मतदानलाई अवरोध गर्नको लागि अफगान सरकार र विदेशी फौजविरुद्धको आक्रमणलाई थप वृद्धि गर्ने चेतावनी दिएको छ । 

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको सम्झौता अन्तिम समयमा आएर रद्द गरेका थिए । उक्त सम्झौतामा अमेरिकी फौज अफगानिस्तानबाट फर्कने र त्यसको बदलामा तालिवानले आक्रमण रोक्ने प्रमुख बुद्धा थिए ।  

अफगान सरकारको सहभागिताबिनै भइरहेको उक्त वार्तालाई वृहद शान्ती वार्ता प्रयासको सुरुवात ठानिएको थियो । 

मंगलबार एक जना तालिवानी प्रवक्ताले आफूहरु इरानी अधिकारीसँग वार्तामा रहेको पुष्टि गरेका छन् । इरानको विदेश मन्त्रालयले पनि यसको पुष्टि गरेको छ । 

इरानको विदेश मन्त्रालयले यसबारेमा स्पष्टोक्ती दिदैं भनेको छ ,‘ इरान अफगानिस्तानका सम्पूर्ण पक्षसँग वृहद सम्वादमा रहेको अवस्थामा तालिवानसँगको पछिल्लो भेटवार्ता भएको हो ।’

अमेरिका र तालिवानबीच शान्ती वार्ता रद्द भएपछि तालिवानले हिंसामा वृद्धि गर्दा पनि अफगान सरकार निर्वाचन गराउने आफ्नो प्रतिवद्धतामा अडिग देखिन्छ । 

अफगानिस्तानले यो निर्वाचनमा हिंसाको वृद्धि हुने कुरालाई मध्यनजर राखेर ७० हजार सुरक्षा फौजन परिचालन गरेको छ । 

सुरक्षाको राम्रो व्यवस्था दिनको लागि यस अघि ७ हजारको संख्यामा रहेको निर्वाचन केन्द्र पनि ५ हजार मात्र बनाइएको छ । 

अफगानिस्तानमा सन् २०१६ जनवरी यतामात्रै २५६ वटा आक्रमण भएकोमा त्यसबाट ३९३२ मारिसकेका छन् । यो वर्षको सेप्टेम्बर महिनामा मात्र ६० मारिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप