शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा एक महिलाको रहस्यमय मृत्यु, जलाएर हत्या गरेको आरोप

बुधबार, ०१ असोज २०७६, ११ : २०
बुधबार, ०१ असोज २०७६

बुटवल । कपिलवस्तुमा एक महिलाको रहस्यमय रुपमा ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी  २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।

   कपिलवस्तुका  प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले  उनका परिवारजनले आफै जलेर मृत्यु भएको बताए पनि माइतीपक्षले आशंका गरे पछि घटनाको छानविन भइरहेको बताए ।

यस्तै प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले  उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच  राम्रो सम्वन्ध नभएको पाईएको बताए ।  

कसैले ज्युँदै जलाएर हत्या  गरेको आशंकासहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको बताइएको छ ।

जगदीश र शिलाको बिबाह पाँच छ बर्ष अघि भएको र बालबच्चा भने नभएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप