शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

बुधबार, ०१ असोज २०७६, ०९ : ५२
बुधबार, ०१ असोज २०७६

चितवनमा सवारी दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् । 

जिल्ला  प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे  भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप