शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काजीले पाउँछन् त मैया ?

मङ्गलबार, ३१ भदौ २०७६, १९ : २२
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– ‘कबड्डी कबड्डी कबड्डी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । ‘कबड्डी’को दोस्रो सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको हो । यस अगाडि पहिलो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी’ प्रदर्शनमा आएको । ‘कबड्डी’ भन्दा ‘कबड्डी कबड्डी’ केही परिस्कृत र थप कलाकारको साथमा आएको थियो । यो दोस्रो सिक्वेल त झनै धेरै कलाकारका साथ निर्माण भएको छ ।

‘कबड्डी’ र त्यसपछि बनेको सिक्वेलको कथा काजी पात्रले आफ्नो सोल्टिनी मैया पाउन गरेको संघर्षमा थियो । दोस्रो सिक्वेलमा पनि त्यही कथाले निरन्तरता पाएको निर्देशक रामबाबु गुरुङले बताए । तेस्रो सिक्वेलमा आएर काजीले मैया पाउछन् त ? निर्देशक रामबाबु गुरुङलाई सोमबार आयोजित पत्रकार भेटघाटको क्रममा प्रश्न राखिएको थियो । ‘त्यही प्रश्नको उतर हो कबड्डी कबड्डी कबड्डी’ गुरुङले छोटो उत्तर दिए ।

निर्देशक गुरुङले फिल्मको कथा तेस्रो सिक्वेलमा पनि नटुङ्गिएको बताए । भने ‘चौंथो सिक्वेल कबड्डीको अन्तिम सिरिज हुनेछ ।’ ‘हुन त दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने सोच थियो’ उनले भने, ‘काम गर्दै जाँदा तेस्रो पनि बन्यो ।’ अहिले चौथोका सबै कथा टुङ्याउने योजना रहेको उनले सुनाए ।

कबड्डीको तेस्रो सिक्वेलमा आएर कलाकार विल्सविक्रम राई पनि जोडिएका छन् । त्यो पनि दयाहाङले निर्वाह गरेको काजीको समानान्तर भूमिका बमकाजीको रुपमा । यो अर्थमा उनलाई भिलेन पनि भन्न सकिन्छ । विल्सनले भने फिल्ममा भिलेन र हिरो भन्दा पनि काजीलाई टक्कर दिने पात्रको रुपमा देखिएको जानकारी दिए । उनले कबड्डीको दोस्रा सिक्वेल अभिनय गर्दा धेरै कुरा सिकेको बताए ।

यो फिल्ममा क्याप्टेन अभिनेत्री उपासनासिंह ठकुरी पनि भित्रिएकी छन् । ठकुरीले फिल्म आफ्नो जीवनको टनिङ प्वाइन्ट हुने बताइन् ।  दयाहाङ, उपासना, कर्मा, विल्सनको अलवा विजय बराल, माओत्से गुरुङ, रिश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप