यी हुन् सन् २०१९ मा भ्रमणका लागि विश्वकै सुरक्षित सहरहरु
एजेन्सी– केले सही सहर बनाउँछ ? संग्राहलयको यात्रा वा तीन चिजहरु ऐतिहासिक स्थलको भ्रमण, स्थानीयको शिष्टचार प्रयास, स्थानीय बारमा साँझ हुने कार्यक्रम ?
तपाइँको जे मापदण्ड भएपनि एक चिज पक्कै निश्चित हुन्छ, तपाइँ जहाँ सुरक्षित र संरक्षित अनुभव गर्नुहुन्छ, तपाईँ त्यही भ्रमण गर्नुहुन्छ । द इकोनोमिष्ट इन्टिलिजेन्स युनिट २०१९ सेफ सिटीज इन्डेक्स(एससिआइ)ले विश्वका ६० गन्तव्यलाई डिजिटल, स्वाथ्य र पूर्वाधार तथा व्यक्तिगत सुरक्षाको सूचीमा सूचिकृत गरेको छ ।
यसको सबैभन्दा पहिलो सूचीमा जापानको राजधानी टोकियो परेको छ । विश्वकै सबैभन्दा जनघनत्व रहेको यो महानगरले सम्भावित १०० मा ९२ अंक प्राप्त गरेको छ ।
सिंगापुरले ९१.५ अंक ल्याएर दोस्रो स्थानमा अडिग रहेको छ र अर्को जापानिज महानगर ओशाका ९०.९ अंकाका साथ तेस्रो स्थानमा छ । यिनीहरुमा ठूलो परिर्वन आएको छैन । यसभन्दा अगाडि एससिआइले सन् २०१५ र २०१७ मा गरेको तीनमध्ये दुई ‘टप थ्री’ मै रहेका थिए ।
आम्स्टरडमसहित युरोपियन सहरहरु अधिक पर्यटनका कारण उडानहरु व्यस्त छन् । कोपनहेनगन नदीका छेउका सुन्दर घरहरु र शान्त जीवन शैलीका कारण उच्च १० मा परेका छन् । आम्स्टरडम र कोपनहेगन क्रमशः चौथो र आठौंमा परेको छ ।
एकमात्र अमेरिकी सहर वाशिङ्टन डिसी उच्च १० स्थानमा रहीरहन सफल भएको छ । यो वर्ष यो सहर ७ नं स्थानमा परेको छ । सिकागो ११ औं स्थानमा रहेको छ ।
एससिआईको प्रतिवेदनअनुसार पछिल्ला वर्षमा सुरक्षित सहरका विषयमा हाम्रो बुझाई परिवर्तन भएको छ । मानिसको दिमागमा अतंकवाद र जलवायु परिर्वनका मुद्दा बढीरहेको छ । सूचनाकांक तयारीका बेला सहभागी गराएकाहरुले मानव सिर्जित विपत्ति वा प्राकृतिक विपत्तिको सम्हाल्ने जिम्मेवारपूर्ण क्षमता लिएका थिए ।
सहरको लचकता, सहरमा आपतकालिन सेवा उपलब्धतालाई सूचकांकमा राखिएको थियो । यातायात सुविधा, विपद् बिमा, आपतकालिन जोखिम विकास तथा साइबर सुरक्षाको तयारीलाई पनि सहरको सुरक्षा सूचकमा लिइएको थियो ।
डिजीटल सुरक्षामा पनि टोकियोले सबैलाई उछिनेको छ तर पूर्वाधार र तथा व्यक्तिगत सुरक्षामा सिंगापुरले उच्च मान्यता पाएको छ । एससिआइ युनिटका तथा एसिआई २०१९ का प्रतिवेदनका वरिष्ठ सम्पादक नाका कोन्दोले भने, ‘अनुसन्धानले कसरी विभिन्न प्रकारका सुरक्षालाई पूर्णरुपमा सामेल गराउन सकिन्छ भनेर जोड दिएको छ ।’
सन् २०१७ मा ९ नम्बरमा परेको हङकङ यो वर्ष २० औं स्थानमा परेको छ । केही महिनायता यो सहर सरकार विरोधी अन्दोलनका कारण कहिलेकाही तातिँदै आएको छ । यहाँ आउने पर्यटकमा भारी कमी आएको छ ।
प्रतिवेदनका अनुसार सहर सुरक्षित हुन धनी हुनु पर्दैन तर पनि विकासशील मुलुकका सहरहरु सूचीको तलतिर देखिएका छन् । सूचीको अन्तिम ६० स्थानमा नाइजेरियाका लागोस सहर परेको छ । उसले ३८.१ अंकमात्र प्राप्त गरेको छ । त्यसैगरी अन्तिम पाँचमा भेनेजुयलाको काराकास, मान्माको याङ्गुन, पाकिस्तानको कराँची र बंगलादेशको ढाका रहेका छन् । photo: CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार