शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथा प्रिकास्ट सोलुसन्स्को ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा

मङ्गलबार, ३१ भदौ २०७६, १५ : १२
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– सगरमाथा प्रिकास्ट सोलुसन्स् नेपाली निर्माण र ईन्फ्रास्ट्रक्चर उद्योगलाई स्मार्ट र किफायती प्रिकास्ट निर्माण टेक्नोलोजी प्रदान गर्ने उद्देश्यका साथ २०७३ मा त्रिवेणी ग्रुपको कर्पोरेट छायाँ अन्तर्गत स्थापित भएको हो । प्रिकास्ट, निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट ईन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पुर्याउछ ।

एसपीएसपीएलकोे स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ्ग प्लान्ट सुनवाल, नवलपरासीमा रहेको छ भने हाल त्यहाँ आपूर्ति भईरहेका उत्पादनहरुमा प्रिमियम रेडीमेड कङक्रिट बाउन्ड्री वाल सोलुसन, कङक्रिट ब्लक्स लगाएत विभिन्न डिजाईनका पेभर्स र कलर रडी मिक्स कङक्रिट हाल नेपालमै पहिलो पटक  ड्राई मिक्स मोटार प्रोडक्ट पहिचान गराएको छ ।

जस अन्तर्गत Ready Mix Plaster, Bricks Blocks Joining Motors, Tile Adhesive, Industrial Powergrout जस्ता उत्पादनहरु रहेका छन् ।

हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजीहरु प्रयोग गरि रहेको छ र साथै उच्च गुणस्तरिय कच्चा पदार्थहरु सुक्ष्मरुपले कम्पनीको स्टेट अफ दि आर्ट प्रयोगशालामा परिक्षण गर्छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटीकता र स्थिरताका साथ नवीन उत्पादनहरुको ग्यारेन्टी गर्दछ ।

यस कन्पनीले मेक ईन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ साथै  आउने समयमा अन्य विभिन्न उत्पादनहरु सूरुवात गरिरहनेछ । यो उत्पादन नेपालमा पहिलो पटक आर्थिक विकासको लागि बनेको छ र यसले नेपालीलाई ठूलो संख्यामा रोजगारी पनि दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप