केन्द्रीय संस्करण
बहस

अहिलेको हाम्रो संक्रमणबाटै समाजवाद पनि आउन सक्छ, सत्यनास पनि हुन सक्छ

मोहनविक्रम, मोहन वैद्यलगायत अहिलेका चल्तापुर्जा नेताहरुको मातहतमा, नेतृत्वमा पनि काम गरियो तर जनवादी केन्द्रीता कहीँ देखिएन

person explore access_timeभदौ ३१, २०७६ chat_bubble_outline0
राम कार्की

रातोपाटी

अन्तोनियो ग्राम्सीको भनाइबाट म आफ्नो कुरा शुरु गर्न चाहन्छु । उनी भन्छन्, द क्राइसिस कन्सिस्ट प्रिसाइस्ली इन द फ्याक्ट द्याट द ओल्ड इज डाइङ एण्ड द न्यू क्यान नट बी वर्न ।The crisis consists precisely in the fact that the old is dying and the new cannot be born: Antonio Gramsci

त्यतिबेलाको युगसँगै, अर्थात् एउटा युगको अन्त्य भएर एउटा नयाँ युगको शुरुवात हुने स्थिति अर्थात् संक्रमणको त्यो  समय सबैभन्दा बढी कठीन हुन्छ, संकट सबैभन्दा बढी त्यहीँ हुन्छ  । नेपालमा पुराना थुप्रै चिजहरु मर्दैछन् तर नयाँ चीज जन्मँदै आएको पनि छैन । जस्तो, पुरानो संस्कृति, पुरानो चलचलन, पुराना सम्बन्ध र पुराना मान्यताहरु थुप्रै भत्किएका छन् । त्यसको ठाउँ नयाँले लिन भ्याएको पनि छैन् । यस्तो स्थितिमा अब समाज कसरी अगाडि बढ्छ ?

*******

पुरानो संस्कृति,पुरानो चलचलन,पुराना सम्बन्ध र पुराना मान्यताहरु थुप्रै भत्किएका छन् । त्यसको ठाउँ नयाँले लिन भ्याएको पनि छैन् । यस्तो स्थितिमा अब समाज कसरी अगाडि बढ्छ?

*******

१९ औँ शताब्दीको अन्यतिर, खास गरेर १८९०÷१८९५ तिर हेर्दा कम्युनिष्ट आन्दोलन अथवा मार्क्सवादलाई कसरी बुझियो भने स्वभाविक रुपमा जसरी सामान्तवादपछि पुँजीवाद आयो, त्यसरी नै पुँजीवाद पछाडि समाजवाद आउँछ । एक प्रकारको स्वतःस्फुर्तरुपमा नै समाजवाद आउँछ । पुँजीवाद छ भने त्यसपछि समाजवाद आइहाल्छ भन्ने ढंगले व्याख्याहरु भइरहेको थियो । त्यहीबेला लेनिनले एउटा नयाँ व्याख्या ल्याउनुभयो । खास गरेर मार्क्सले क्रान्तिकारी संज्ञानलाई, विचार, अनुभूति र अनुभवका आधारमा बौद्धिक अभ्यासमार्फत् ज्ञान हासिल गर्ने कुरा (cognition)  लाई अगाडि ल्याउनुभयो भने लेनिनले क्रान्तिकारी एक्सनलाई अगाडि ल्याउनुभयो । उहाँले मार्क्सवादलाई क्रान्तिकारी अभ्यासमा ल्याउनुभयो ।

ग्राम्सीhttps://mronline.org

अहिले व्यक्तिहरुको,पात्रहरुको, घटनाहरुको निन्दाले मात्रै हाम्रो बाटो अगाडि जाँदैन । यो समाजलाई हामीले बेस्सरी हस्तक्षेप गर्न सकेनौँ भने यसको पछाडि बर्बरता आउँछ । ग्राम्सीलाई मार्क्सवादभित्रका लेनिन पछाडिको सबैभन्दा ठूलो बौद्धिक भनिन्छ । ग्राम्सीको देश इटालीमा फासीवाद आयो ।

*******

अहिले व्यक्तिहरुको, पात्रहरुको, घटनाहरुको निन्दाले मात्रै हाम्रो बाटो अगाडि जाँदैन । यो समाजलाई हामीले बेस्सरी हस्तक्षेप गर्न सकेनौँ भने यसको पछाडि बर्बरता आउँछ । ग्राम्सीलाई मार्क्सवादभित्रका लेनिन पछाडिको सबैभन्दा ठूलो बौद्धिक भनिन्छ । ग्राम्सीको देश इटालीमा फासीवाद आयो । जर्मनीमा फासीवाद आयो । नाजीहरुले शासन लिए । त्यसैले अहिलेको हाम्रो संक्रमणबाटै समाजवाद पनि आउन सक्छ, सत्यनास पनि हुन सक्छ । समाज स्वतः समाजवादतिर जाँदैन । संविधानमा लेखिदिएर समाजवाद कायम हुँदैन, आउँदैन । त्यसको निम्ति वास्तवमै समाजवादलाई परिभाषित गरिनुपर्छ, के हो समाजवाद ? हामी यसमा सजग बनौं ।  ठूलो दुर्घटना पनि हुन सक्छ,  ठुलो खतरा पनि आउन पनि सक्छ, जसरी इटालीमा आयो, जर्मनीमा आयो ।

*******

समाज स्वतः समाजवादतिर जाँदैन । संविधानमा लेखिदिएर समाजवाद कायम हुँदैन,आउँदैन । त्यसको निम्ति वास्तवमै समाजवादलाई परिभाषित गरिनुपर्छ,के हो समाजवाद?हामी यसमा सजग बनौं ।  ठूलो दुर्घटना पनि हुन सक्छठुलो खतरा पनि आउन पनि सक्छ,जसरी इटालीमा आयो,जर्मनीमा आयो ।

*******

जर्मनमा पहिला नाजीहरुको भन्दा कम्युनिष्टको संख्या बढी थियो । कम्युनिष्ट पार्टीहरु आपसी कलहमा नलागेको भए नाजीले उनीहरुलाई जित्न सक्दैनथे । तर कम्युनिष्टहरु आपसी विवादमा अल्झीए, नाजी पार्टी अगाडि आयो र उसले चुनाव जित्यो ।

नाजी पार्टीले चुनाव जिते पछाडि के भयो संसारमा, हामी सबैले देखेकै कुरा हो । त्यसो हुनाले समाजवादको टाउको रबरको टोपी भएको छ, सबैले समाजवादको टोपी लगाएर हिँडेका छौं । समाजवाद नेपालको निम्ति कुन हो भनेर अब परिभाषित गर्ने बेला आएको छ । अर्को कुरा,  इतिहास  रेफरेन्सको रुपमा काम लाग्छ । इतिहासले वर्तमानमाथि शासन गर्न थाल्यो भने त्यो समाज समाप्त हुन्छ । वर्तमानको सेवामा इतिहासका शिक्षाहरुलाई लिनु पर्दछ । लेनिनले क्रान्ति गरेको रुसमा हामीले के देख्यौं भनेदेखि लेनिनले ल्याएको क्रान्तिकारी सिद्धान्त (संगठनात्मक सिद्धान्त, राजनीतिक सिद्धान्त) को के भयो त हविगत । हामी यो विषयमा नै केन्द्रीत भएर अरु कुनै छलफल गरौंला । तर यतिधेरै साथीहरुको जमघट भएको बेला मलाई लाग्ने कुरा, म के भन्छु भने सेल्फ अर्गनाइजेसन र भेनगार्डको कुरा । रोजा लक्जेम्बर्गको चिन्ता छः सेल्फ अर्गनाइजेसन खत्तम भयो भने;  मदजुर, किसान, शोषित पीडित जनताले आफ्नो लडने क्षमता गुमायो भने तिम्रो समाजवादको डोजले.... ।

*******

समाजवादको टाउको रबरको टोपी भएको छ,सबैले समाजवादको टोपी लगाएर हिँडेका छौं । समाजवाद नेपालको निम्ति कुन हो भनेर अब परिभाषित गर्ने बेला आएको छ । अर्को कुराइतिहास  रेफरेन्सको रुपमा काम लाग्छ । इतिहासले वर्तमानमाथि शासन गर्न थाल्यो भने त्यो समाज समाप्त हुन्छ ।

*******

 लेनिन भन्छन् कि समाजवादको चेतना बाहिरबाट दिनुपर्छ, भेनगार्डले दिनुपर्छ । रोजा र लेनिनको त्यो बहसलाई पनि हाम्रो आन्दोलनमा बोक्दै आएका छौं हामीले । अहिले पनि हाम्रो पार्टीलाई के हो तिमीहरुको संगठानात्मक सिद्धान्त भनेर सोध्दा जनवादी केन्द्रीयता हो भन्छौं हामी । हामीले केही सुत्रहरु कण्ठ पारेका छौंः  अल्पमत बहुमतको अधिनमा हुन्छ, तल्ला कमिटीहरु माथिल्ला कमिटीहरुको अधिनमा हुन्छन् भन्ने कुरा पढेका छौं ।

*******

अब हामीले खोज्नुपर्यो र नयाँ पिढीले पढ्नु पर्यो कि लेनिनले कुन सन्दर्भमा त्यो जनवादी केन्द्रियताको सिद्धान्त लिएर आए?उनको अगाडि विरासत के थियो,अवस्था के थियो र उनले मार्क्सवादलाई कसरी बुझेका थिए?वर्नस्टीनले कसरी बुझेका थिए?काउत्स्कीले कसरी बुझेका थिए?लेनिनले मार्क्सवादलाई कसरी बुझेका थिए र त्यो ऐतिहासिक सन्दर्भ के थियो?

*******

तर अब हामीले खोज्नुपर्यो र नयाँ पिढीले पढ्नु पर्यो कि लेनिनले कुन सन्दर्भमा त्यो जनवादी केन्द्रियताको सिद्धान्त लिएर आए ? उनको अगाडि विरासत के थियो, अवस्था के थियो र उनले मार्क्सवादलाई कसरी बुझेका थिए ? वर्नस्टीनले कसरी बुझेका थिए ? काउत्स्कीले कसरी बुझेका थिए ? लेनिनले मार्क्सवादलाई कसरी बुझेका थिए र त्यो ऐतिहासिक सन्दर्भ के थियो ? खास गरेर राष्ट्रियता (nationality) को प्रश्नमा पटक पटक  लेनिन रोजालाई भन्छन्– तिमी बुझ्दिनौँ । रोजा लम्जेम्बर्ग मार्क्सपछाडिको विलक्षण दिमाग भएकी महिला भनेर भनिन्छ । तर रोजा लक्जम्बर स्वंम जर्मनको समाजवादी आन्दोलनको सफलताको कारण बढी उत्साहित थिइन् । उनको लेखमा त्यो देखापर्छ । किनभने सबै देशका पार्टीहरुले उनलाई आदर्श मानिरहेका थिए ।

रोजा लक्जेम्वर्ग https://en.wikipedia.org

लेनिन बारबार जर्मनको उदाहरण दिन्छन् । प्लेखानोभ पनि जर्मनकै उदाहरण दिन्छन् । त्यो स्थितिमा रोजा लक्जेम्वर्गको जर्मन समाजवादी आन्दोलनबाट बढी उत्साहित देखिन्छन्, उनको रचनामा । लेनिन अर्कोतिर लेनिन व्यक्तिका रुपमा फरक छन् ।  उनी एकदमै दयालु, असाध्यै संवेदनशील ! यहाँसम्म कि मलाई विथोभिनको संगीत नुसनाउनु किनभने म आँसु रोक्नै सक्दिनँ, विथोभिनको संगीत सुन्दा मेरो आँखाबाट आँसु बगिहाल्छ भनेका छन् । त्यो व्यक्ति लेनिन भयो ।  तर आवश्यकताले जन्माएको लेनिन बडो केन्द्रियतावादी, एकदमै बोल्सेभिक छन् । अझ उनले ज्याकोविनको उदाहरण दिन्छन् । त्यसो हुनाले हामीले सन्दर्भ नबुझिकनै, नाराको रुपमा जनवादी केन्द्रीयता भन्दै आयौं तर कहिल्यै लागू गरेनौं ।

*******

हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा जनवादी केन्द्रियता लागु भएको मलाई थाहा छैन् । कुनै साथीलाई थाहा छ भने मलाई समय दिएर एकदिन बुझाइदिनुहोस् । मोहनविक्रम,मोहन वैद्यलगायत अहिलेका चल्तापुर्जा नेताहरुको मातहतमा,नेतृत्वमा पनि काम गरियो तर जनवादी केन्द्रीता कहीँ देखिएन ।

*******

हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा जनवादी केन्द्रियता लागु भएको मलाई थाहा छैन् । कुनै साथीलाई थाहा छ भने मलाई समय दिएर एकदिन बुझाइदिनुहोस् । मोहनविक्रम, मोहन वैद्यलगायत अहिलेका चल्तापुर्जा नेताहरुको मातहतमा, नेतृत्वमा पनि काम गरियो तर जनवादी केन्द्रीता कहीँ देखिएन ।

 त्यसो हुनाले, म यो शेयर गर्नु चाहन्छुः सेल्फ अर्गनाइजेशन अर्थात् पहिला रुसीहरुले पनि नारा के दिएका थिए भने सत्ताचाहिँ सोभियतलाई देऊ । तर त्यो सोभियतभित्र सिपाही, मजदुर, किसान पनि थिए । पछि विस्तारै सोभियतलाई दिएको सत्ता पार्टीले खोसेर लियो, त्यो पार्टीको हातमा आयो ।

*******

अहिले हाम्रोमा आइपुग्दा पार्टीनै सबैथोक,सर्वेसर्वा भइदियो ।  १५/२० वर्ष भयो नेपालमा विद्यार्थी आन्दोलन भएको मैले सुनेको छैन । जतिसुकै अत्याचार भए पनि किसानको आन्दोलन हुँदैन । किन त भन्दा पार्टीले आफ्नो राजनीतिक समाजवादको इन्जेक्सन दिएको छ !

*******

अहिले हाम्रोमा आइपुग्दा पार्टीनै सबैथोक, सर्वेसर्वा भइदियो ।  १५/२० वर्ष भयो नेपालमा विद्यार्थी आन्दोलन भएको मैले सुनेको छैन । जतिसुकै अत्याचार भए पनि किसानको आन्दोलन हुँदैन । किन त भन्दा पार्टीले आफ्नो राजनीतिक समाजवादको इन्जेक्सन दिएको छ ! त्यसैले गर्दा सबैलाई थामेको छ ।  यतिबेला मलाई रोजाको सम्झना आउँछः विद्यार्थीहरुलाई संगठित गरेर पार्टीहरुले राजनीतिक नदिएको भए आफैं लड्थे होलान् । उनीहरुको ‘अगार्निक’ लडाइँ त देख्न पाइन्थ्यो होला नि ! महिलाहरुले पनि आफ्नो अर्गानिक लडाइ छाडे, किसानले पनि छाडे । सबै जनवर्गहरुलाई हामीले, हामो कम्युनिष्ट आन्दोलनले भुत्ते बनाइदियौँ । यस कारण मेरो प्रस्ताव के छ भने यो बहसमा जाओस् : अव कम्युनिष्ट पार्टीले मजदुर, किसान, विद्यार्थी, महिलालाई संगठनात्मक रुपमा नेतृत्व गर्नु हुँदैन । उनीहरुलाई स्वायत्तता दिनुपर्छ । महिला संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने जुँगामुठे नेताहरुले बसेर निर्णय गर्नु हुँदैन । नेपालको ल कलेजमा कसलाई सभापति बनाउने भन्ने कुराचाहिँ ३० वर्ष अगाडि पढाइ छाडेका मान्छेहरुले निर्णय गर्नु हुँदैन ।

*******

अव कम्युनिष्ट पार्टीले मजदुर,किसान,विद्यार्थी, महिलालाई संगठनात्मक रुपमा नेतृत्व गर्नु हुँदैन । उनीहरुलाई स्वायत्तता दिनुपर्छ । महिला संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने जुँगामुठे नेताहरुले बसेर निर्णय गर्नु हुँदैन । नेपालको ल कलेजमा कसलाई सभापति बनाउने भन्ने कुराचाहिँ ३० वर्ष अगाडि पढाइ छाडेका मान्छेहरुले निर्णय गर्नु हुँदैन ।

*******

त्यसैले अब यसमा हामी गम्भीर बहस गरौँला कि सेल्फ अर्गनाइजेशन कसरी खतम भयो रुसमा ? कसरी अग्रदस्ता पार्टी मात्रै रह्यो र पार्टी जनताबाट अलग्गियो । त्यही चिज हामीले पनि लगातार अपनाउँदैं आइरहेका छौँ ?

हाम्रो सन्दर्भमा कुरा गर्दा हामी दुईवटा मुख्य पार्टीहरु एक ठाउँमा आएका छौँ । अर्कोतिर नेपाली काँग्रेस छ, जसले प्रजातान्त्रिक समाजवाद भन्ने गथ्र्यो । तर उसले नै सबै भन्दा बढी निजीकरणलाई, वैश्यीकरणलाई देशभित्र लागू गर्यो ।   काँग्रेसले हाम्रो देशको, समाजको परिप्रेक्ष्य कस्तो छ भन्ने कुरा विचार गरेन । अमेरिका, वेलायत, अस्ट्रेलियामा ४/५ वर्ष अध्ययन गरेर आएका व्यक्तिहरुले यहाँ लाहुरे गफ दिए– त्यहाँ त सबै कुरा निजी क्षेत्रलाई दिएको छ, निजी क्षेत्रले गर्छ भनेर । राज्य असाध्यै बलियो भएको पश्चिम युरोप र अमेरिका, जहाँ एक जना  नागरिक पसेको र निस्किएको पनि थाहा पाउँछ । हाम्रो देश जहाँ अधिकाश पहाडी जिल्लाहरुमा चाहिँ सिडिओ कहिल्यै भेटिँदैन, सुब्बा मात्रै भेटिन्छ । अधिकृत कहिल्यै भेटिदैन खरदारले मात्रै कार्यलाय चलाइरहेको हुन्छ । जहिले पनि ऊसँग उत्तर छ । मुगु, जुम्ला, संखुवासभा, जानुहोस्– सिडिओ साव त अस्ती मात्रै आमा बिरामी भएर घर जानुभाछ भन्छ त्यो खरदारले । एक  महिनापछाडि गएर सोध्यो भने पनि अस्ति जानु भएको भनेर, किनभने सिडियो यहीँ बस्छ । यस्तो राज्य कमजोर भएको ठाउँमा निजीकरण गर्दा स्थिति डामाडोल भयो । त्यो हामीले देखिरहेका छौं ।

*******

अमेरिका,वेलायत,अस्ट्रेलियामा ४/५ वर्ष अध्ययन गरेर आएका व्यक्तिहरुले यहाँ लाहुरे गफ दिए– त्यहाँ त सबै कुरा निजी क्षेत्रलाई दिएको छ,निजी क्षेत्रले गर्छ भनेर ।

*******

अब रहयो कम्युष्टिपार्टीको समाजवाद   । हामीले पनि समाजवाद त भनिराखेका छौँ । दुईवटा कम्युनिष्ट पार्टी एक ठाउँमा आएको छ । एक ठाउँमा आइसकेपछि अतितको मोह धेरै देखिन्छ अहिले । जस्तो एउटाले भन्छ, जबज,  एकदमै जबज । यसले त समाजवाद तिर लैजान्छ । शान्तिपूर्ण ढङ्गले प्रतिस्पर्धा गरेर, लोकतान्त्रिक ढंगले समाजवादतिर जाने जबज हो । अर्कोले भन्यो, हैन ! जबज त मार्क्सवादको जगमा उभिएकै छैन । त्यसैले २१औ शताब्दीमा जनवादको विकास भन्ने दस्तावेज लिएर आयो अर्कोले ।  अहिले एउटा गम्भिर प्रश्न आएको छ । हामी सबैले समीक्षा गर्नुपर्छः हामी कहाँ आइपुग्यौं ? जबज वा २१ औँ शताब्दीमा जनवादको विकासको कुराले हामीलाई कहाँ ल्याइपुर्यायो ? हामी कुन ठाउँमा छौं ? हाम्रा सम्बन्धहरु कस्ता छन् ? 

यसको सजिलो उदाहरणहरु चेग्वेभाराले दिएका छन् : “पुँजीवाद भनेको ब्वाँसोहरुको लडाइँ  हो । ‘म पुँजीवाद– हामी समाजवाद’ : एकदम स्पष्ट छ । म सबैलाई उछिनेर त्यहाँ पुग्छु– पुँजीवाद, हामीसँगै त्यहाँ पुग्ने छौं– समाजवाद !”  

*******

अहिले हाम्रो सम्बन्ध के देख्छौंभने  तीसौं वर्षदेखि एउटै पार्टीमा काम गरेका मानिसहरुबीचमा कुनै भावनात्मक सम्बन्ध छैन । मलाई अहिले ४० हजार रुपियाँ पैसा चाहियो भने म पार्टीको कमरेडहरु होइन;मावली,ससुराली,फुपुभाइ सम्झिन पुग्छु । पार्टी कमरेडलाई सोध्दिनँ ।

*******

अहिले हाम्रो सम्बन्ध के देख्छौं भने  तीसौं वर्षदेखि एउटै पार्टीमा काम गरेका मानिसहरुबीचमा कुनै भावनात्मक सम्बन्ध छैन । मलाई अहिले ४० हजार रुपियाँ पैसा चाहियो भने म पार्टीको कमरेडहरु होइन; मावली, ससुराली, फुपुभाइ सम्झिन पुग्छु । पार्टी कमरेडलाई सोध्दिनँ । मलाई पैसा चाहिँदा पार्टीको कमरेडलाई सोध्दिनँ भने मैले कमाएँ भने सोध्छु होला त ? मसँग ५, ७ करोड, १० करोड भयो भने यो चाहिँ राख्नुहोस् भनेर पार्टीको साथीलाई मैले भन्छु त ? भन्दिनँ ! यो स्थिति छ हाम्रो, हाम्रो  आपसी सम्वन्ध यस प्रकारको छ । अहिले देखिरहेछौं : सबै ठाउँमा कर्पोरेट हाउस हावी छ ।

जुम्लाको मान्छेले चारमाना मास बेच्न आउँदा खेरी उससँग प्यान नम्वर चाहिने जस्तो बनाउँदैछौं अहिले  । हामी देख्छौँ यहाँ ठूला ठूला मलहरु बाहिर ट्राफिक नै बसेर गाडीहरु मिलाएर बसिरहेको हुन्छ । तर सानो कुनै दोकानमा छोडेर तपाईं एकछिन मोटरसाइकल यसो राखेर पस्नुभयो भने सिठ्ठी बजाइहाल्छ । त्यो पुलिसले मलको सेवा गर्दै छ कि जनताको सेवा गर्दैछ ? त्यो पनि करिब ५ हजार वटा पसल बन्न सक्ने एउटा मल बनेका छन् । ५ हजार परिवारले खाने त्यो एउटा मलले एक्लै बेच्छ, एक्लै कमाउँछ ।  यस्तो प्रकारको स्थितिमा कम्युनिष्ट पार्टीको बहुमत छ । हामी सरकारमा आएका छौँ । हामीलाई निर्देशन गरिएको छ कि सरकारको राम्रो काम खोज र कहीँ रहेछ भने त्यसको बचाउ गर ।


जस्तै चीनमा पनि देख्यौं, अन्त पनि देख्यौं । चीनमा माओत्सेतुङले देखेः  चीनमा किसानको ठूलो जनमत छ, किसान नै किसानले भरिएका छ चीन । यो किसानको पहलकदमीलाई मुक्त नगरेसम्म चीन अगाडि बढ्न सक्दैन । त्यसो हुनाले उनले खालीखुट्टे डाक्टरको अवधारणा ल्याए । गाउँका धामीझाँक्रीलाई पनि जम्मा गर्ने, आधुनिक पढेलेखेका मानिसलाई पुर्याइदिने र उनीहरु मिसिएर एउटा मेडिकल सिस्टम बनाए ।  समुदायले आर्जन गरेको ज्ञानलाई पनि ध्वस्त गरेनन् ।  गाउँमा रहेको सुडेनी, धाइआमालाई पनि राख्यो, झारफुक गर्ने धामीलाई पनि राख्यो, जडीबुटी ल्याउने र आधुनिक ज्ञान भएका मानिसलाई पनि राखेर उनीहरुले शुरु गरे । पछि क्युबाले पनि त्यही शुरु गर्यो र क्युबाले आज चमत्कार गरेको छ ।  आज संसारमा सबैभन्दा राम्रो स्वास्थ्य स्थिति त्यहाँ बनेको छ । उनीहरु स्वास्थ्य सेवामा गए, हामी स्वास्थ्य उद्योगमा गयौं । एउटा डाक्टरहरुको सेमिनारमा अब डाक्टरहरुको सुरक्षा कसरी गर्ने भनेर छलफल हुँदैथियो । नेपाल डाक्टरको सुरक्षाको कुरा उठेको छ । आइराख्छन् विरामी र डाक्टरको सुरक्षा कसले गर्ने भन्ने समस्या अहिले आएको छ । त्यहाँ कुरा राख्ने क्रममा मैले भनेको थिएँः पहिला डाक्टरलाई देख्दा रोगीले मलाई निको पार्न आएको मान्छे भन्ने ठान्थे, अहिले  डाक्टर देख्दा बिरामीले बेहोसीमा पनि घरबारी खानआएको, ऋणमा डुबाउन आएको, बहुराष्ट्रिय कम्पनीको एजेण्ड भनेर देख्न थाल्यो । किन त्यस्तो देख्न थाले भने हामी स्वास्थ्य सेवामा गएनौँ, स्वास्थ्य उद्योगमा गयौं र त्यस उद्योगका पुँजीपतिहरु निस्किए ।

*******

पहिला डाक्टरलाई देख्दा रोगीले मलाई निको पार्न आएको मान्छे भन्ने ठान्थे,अहिले  डाक्टर देख्दा बिरामीले बेहोसीमा पनि घरबारी खानआएको,ऋणमा डुबाउन आएको,बहुराष्ट्रिय कम्पनीको एजेण्ड भनेर देख्न थाल्यो ।

*******

यो ठाउँमा जबजले ल्याइपुर्‍याएको हो त ? अब हिजो जबज भन्ने साथीहरुले त्यो इतिहासलाई सलाम गर्दै, रेफरेन्समा राख्दै निर्मम समीक्षा गर्नुपर्‍यो– यात हामीले जबज लागू नै गरेनौं, त्यो भन्यौं मात्रै । नेतालाई भितामा राखियो । नेताहरु मरेका थिए, मारिएका थिए । ति नेताहरुको नाम लिइयो, जबजलाई व्यवहारमा लागु गरिएन । या त जबज लागु गुर्नभयो तर त्यो लागू गर्नुको परिणाम यहीँ जन्मने हो भने समाजवाद त कहीँ देखिँदैन । हामी सामान्तवादको विरुद्ध बेस्सरी लडेका थियौं, एकदम कराँतिलो भएर लड्यौं तर पुँजीवादसँग लड्न खोज्दा त पुँजीवादले हामीलाई नै प्रदुषित गरिदियो । अब हामी र काँग्रेस, हामी र राप्रपा नचिन्ने भइसकेपछि त ? पुँजीवादको विरुद्ध सक्छौ ? युवा पिढी लड ! किनभने त्यो अमानवीय छ, त्यसले पृथ्वीको सत्यानाश गर्छ, यो ग्रहलाई नै सिध्याउनेवाला छ ।  त्यसको आनीबानी, संस्कार, ढाँचा, जीवनशैली र त्यसले खोज्ने विलासिताले यो संसारलाई समाप्त गरिदिन्छ ।

*******

हामी सामान्तवादको विरुद्ध बेस्सरी लडेका थियौं,एकदम कराँतिलो भएर लड्यौं तर पुँजीवादसँग लड्न खोज्दा त पुँजीवादले हामीलाई नै प्रदुषित गरिदियो । अब हामी र काँग्रेस,हामी र राप्रपा नचिन्ने भइसकेपछि त?

*******

त्यसैले सक्छौँ – त्यो सँग लड नत्र बरवाद होऊ । यो भन्नुपर्ने अवस्था छ । त्यसैले मेरो भन्नुपर्ने के छ भने जबजका कतिपय पुराना राम्रा कुराहरु सान्दर्भिक हुने छन्; जसरी लेनिन, रोजाका केही कुराहरु सान्दर्भिक छन् । त्यस्तै एकाइसौँ श्ताब्दीमा जनवादको विकास भन्नेहरुले पनि हेर्नुपर्यो । त्यसो त हाम्रो त्यस्तो ठूलो, एकदमै महिमामण्डित गर्नुपर्ने नेताहरु मरेनन्, त्यसलाई हाम्रो सौभाग्य नै भनौं ।  त्यसले गर्दा हामी जिउँदाहरुले नै आफूले आफैंलाई देउता घोषित गर्यौं । माओवादीले आफैलाई देउता घोषित गर्यो । २१ औँ शताब्दीमा जनवादको विकासको मर्म के लागू भयो त ? लागू गर्यौं त हामीले ? लागू गरेर फेल भएको भए त एउटा ठूलो पाठ हुन्थ्यो । तर लागु नै नगरेपछि त देखाउने मात्रै कुरा भयो । 

*******

हामी जिउँदाहरुले नै आफूले आफैंलाई देउता घोषित गर्यौं । माओवादीले आफैलाई देउता घोषित गर्यो । २१ औँ शताब्दीमा जनवादको विकासको मर्म के लागू भयो त?लागू गर्यौं त हामीले?लागू गरेर फेल भएको भए त एउटा ठूलो पाठ हुन्थ्यो । तर लागु नै नगरेपछि त देखाउने मात्रै कुरा भयो । 

*******

त्यसो हुनाले अहिले   सबै कम्युनिष्ट साथीहरुलाई, जसले कम्युनिष्ट पार्टीलाई माया गर्नुहुन्छ, सबैले यो इतिहासलाई एउटा सन्दर्भ सामग्रीको रुपमा लिऔं, इतिहास नबोकौं, इतिहासको भारीले नकिचिऔं, वर्तमानलाई नछोपौं । त्यसबाट हामीले सन्दर्भहरु लिऔं, त्यसबाट शिक्षाहरु लिऔं र अगाडिका नीति कार्यक्रमहरु बनाऔं ।  ।

कमसेकम, अहिले पनि हामीले गर्न सक्ने कुरामा प्रयास गरौं– कमसेकम नेपालका किसानहरुलाई, नेपालका श्रमिक वर्गलाई स्वास्थ्य र शिक्षामा ढुक्क बनाइदिऔं । मेरा छोराछोरी राम्रो स्कुलमा पढ्न पाउँछन् र हाम्रो परिवार बिरामी हुँदा देखाउने ठाउँ छ भन्दा उसको स्वतन्त्रता बढी आउँछ । विकास भनेको त्यो स्वतन्त्रता नै हो । यी दुईटा चीजमा अहिले सरकारले, पार्टीले ध्यान दिन सक्दा एउटा आमूल परिवर्तन हुन्छ । जब नेपालका किसानहरुले यी दुईटा कुरा पाउँछन्, त्यसपछि उनीहरुको पहलकदमी स्वतन्त्र हुन्छ र उनीहरुको बलमा नेपाली समाजलाई हामी फेर्न सक्छौं, नेपाली समाजलाई समाजवादतिर लैजान सक्छौं ।

१९६५ खिचिएको माओ र होचिमिन्हको तस्विर । https://worldhistoryarchive.files.wordpress.com

नेताले नैतिक प्राधिकारद्वारा जनतालाई प्रभाव पार्ने नै हो । ऊ लठ्ठी लिएर सबै ठाउँ जान सक्दैन । लेनिन,होचिमिन्ह,माओत्सेतुङले पारेको प्रभाव के?उनीहरुको भान्जाभान्जीलाई धनी बनाउनतिर लागेको भए?होचिमिन्ह वा माओत्सेतुङ त्यो अर्थहीन चक्रमा फँसेको भए?

*******

तर के देखिदैँ छ भन्दा आज पनि शिक्षाव्यापार भएको छ । मैले विभिन्न ठाउँमा बारम्बार भन्ने गरेको छु : कमसेकम केन्द्रिय समितिका साथीहरुले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न छोडिदिऔं । बरु माछा, सब्जी व्यापार गरौँ, रुकुमबाट मह ल्याएर यहाँ बेचौं तर शिक्षा र स्वास्थ्यको दोकान नखोलौँ । केन्द्रिय सदस्यले नखोलेपछि स्वभाविक रुपमा त्यसको प्रभाव विस्तारै पर्छ कि ? नेताले नैतिक प्राधिकारद्वारा जनतालाई प्रभाव पार्ने नै हो । ऊ लठ्ठी लिएर सबै ठाउँ जान सक्दैन । लेनिन, होचिमिन्ह, माओत्सेतुङले पारेको प्रभाव के ? उनीहरुको भान्जाभान्जीलाई धनी बनाउनतिर लागेको भए ? होचिमिन्ह वा माओत्सेतुङ त्यो अर्थहीन चक्रमा फँसेको भए ? यो कस्तो चक्र छ भने छोरीलाई धनी बनाइदियो बहिनी रिसाउँछ ! बहिनी र ज्वाइँलाई बन(ाइदियो, उसको पनि बहिनी ज्वाइँ छ ! अर्को ज्वाइँ लिएर आइहाल्छ ! यसमा त सिद्धिन्छ, खत्तम हुन्छ । यसको अन्त्य नै छैन ।

गान्धीको बारेमा भन्ने गरिन्छ । कमलादासले  लेखेको ‘माइस्टोरी’ पढेको थिए । दक्षिण भारतीय लेखिका उनी लेख्छिन्ः मेरो घरमा ५ जनाको परिवार छ । मेरो आमा, मेरो बाउ मेरो भाई म र महात्मा गन्धी  । ५ औँ सदस्यको फोटो मात्रै छ तर घरमा चल्छ उसैको । बिहान ढिलो उठ्यो भने आमाले आएर चिमोट्छिन्  र भन्नुहुन्छः गान्धीजीले बिहानै उठ भन्नुभएको छ, उठ । गान्धीले यो पनि भन्नुभएको छ, गान्धीले यसो भन्नुभएको छ ।

चीनको त्यो विराट ठाउँमा माओत्सेतुङको नैतिक प्रभाव पनि त्यस्तै रह्यो । यी दुईजना मौलिक चिन्तक हुन् ।    लेनिनको एकदमै. खुंखार विरोधीहरुले पनि के लेख्छन् भने  यो सिष्ट थियो कठोर थियो । यसका कारणले यस्तो भयो उस्तो भयो भनेर लेख्छन् । तर  व्यक्तिगत जीवनमा चार जोर लुगा, जम्मा २५ सय स्क्वायर फिट लेनिनले ओगटेका थिए । बिहाने क्रुप्सकाया एउटा टिफिन बोकेर रोटी किन्न जान्थे र त्यो रोटी ल्याएर लेनिनले खान्थे । त्यसले एउटा ठूलो नैतिक प्राधिकार सिर्जना गरेको थियो ।

http://mm.servidornoticias.com

एउटा क्यारेवियन देश,अमेरिकाको नाकैमुनि समाजवादको झण्डा फहराउदैँ आज बाचिरहेको छ किन भन्दा उसँग स्वास्थ्य र शिक्षा  आफ्नो छ । शिक्षाले मान्छेको चरित्र विकास हुन्छ । अब हाम्रो शिक्षा आधारभूत रुपमै गलत छ,त्यसको दर्शन नै गलत छ ।

*******

क्युबालाई चारै तिरवाट नाकाबन्दी भयो । रुस ढल्यो । ऊसँग इन्धन, खानेकुरा केही छैन । उसको उखु किन्ने कोही छैन । उसको सुर्ती किन्ने कोही छैन । त्यो स्थितिमा फिडेल क्यास्ट्रो आफैं साइकल लिएर सडकमा अघि बढे । उनले भने, अब सबैजना साइकल चढ । चीनबाट लाखौं लाख साइकल मगाइयो । फिडेल क्यास्ट्रो नै साइकल चढेपछि सबैमन्त्रीहरु पनि साइकल चढ्न थाले । त्यसरी एउटा क्यारेवियन देश, अमेरिकाको नाकैमुनि समाजवादको झण्डा फहराउदैँ आज बाचिरहेको छ किन भन्दा उसँग स्वास्थ्य र शिक्षा  आफ्नो छ ।

शिक्षाले मान्छेको चरित्र विकास हुन्छ । अब हाम्रो शिक्षा आधारभूत रुपमै गलत छ, त्यसको दर्शन नै गलत छ । हाम्रो शिक्षाले पहिला नै शारीरिक श्रमलाई दोस्रो दर्जाको, हेय चीज मान्छ ।  पाठ्यक्रमहरुमा पढ्नुहोस्, यसले कुनै न कुनै तरिकाले जातपातको भेदभावलाई सही ठहर्याउँछ ।  यसले सबैभन्दा सृजनशील, सबैभन्दा सिर्जनामा लागेका, जुटेकाहरुलाई तल्लो श्रेणी ठान्दछ । परिणाम के भएको छ भने यहाँ बाउले खोक्दा किन डिस्टर्ब गर्यौ, के खायौ भनेर हकार्छ छोरो । त्यही छोरो अष्टे«लियामा गएर त्यो बाउभन्दा बुढो मानिस खोक्दा खकार थाप्न जान्छ । यहाँ शारीरिक श्रम नगर्ने मानिसहरु त्यहाँ गएर के गरिरहेको छ ? हाम्रो शिक्षित जनशक्ति आज युरोप,अमेरिका, खाडी क्षेत्रमा गएर सबै शारीरिक श्रममा छन् । अहिले वामपन्थी सरकार भएको बेला, कमसेकम सरसफाइमा काम गर्ने मान्छे,  फोहोर सङकलन गर्ने, बिहान बढार्ने, नाला शौचालय सफा गर्ने व्यक्तिहरुलाई राष्ट्रिय नायक–नायिकाको रुपमा टेलिभिजनमा देखाइदिऊँ न ! २, ४ लाखको पुरस्कार दिऊँ न ! त्यसले एउटा सन्देश जान्छ कि शारीरिक श्रम भनेको एउटा सम्मानयोग्य, महत्वपूर्ण कुरा हो भनेर । पढाइको पाठ्यक्रममा त्यो कुरा राखिदिऔं । विद्यार्थीहरुलाई सानैदेखि शारीरिक श्रम गराऔं । उनीहरुको मस्तिकबाट माथिल्लो तल्लो भन्ने कुरा हटाइदिऔं । कमसेकम यो अहिलेको वामपन्थी सरकारले गर्न सक्छ । यो गराउनेतर्फ हामी सबैले जोड गर्नुपर्छ । यसोभन्दा कसैको विरोध वा समर्थन गरेको होइन । मेरो फेरि पनि आग्रह छः हामी सबै कम्युनिष्टहरुले इतिहासको भारी नबोकौं, त्यसबाट वर्तमानलाई छोप्न नदिऔं, इतिहासलाई वर्तमानको सेवाको निम्ति उपयोग गरौं, पूर्वाग्रहहरु छोडौं र  अब समाजवादलाई ठोस रुपमा परिषित गरौँ ।

*******

शिक्षाको,स्वास्थ्यको व्यापार गर्ने अनि कम्युष्टि पनि भन्ने मान्छे एकसाथ हुन सक्छ ?हाम्रो समाजलाई परिभाषित गर्नुपर्यो अब ।

*******

शिक्षाको, स्वास्थ्यको व्यापार गर्ने अनि कम्युष्टि पनि भन्ने मान्छे एकसाथ हुन सक्छ  ? हाम्रो समाजलाई परिभाषित गर्नुपर्यो अब । को समाजवादी भन्ने कुरा । यसरी क्रमशः हामी अगाडि जान सक्छौं । समाजवादलाई विस्तारै हामीले परिभाषित गर्नुपर्छ । यसो गर्नको निम्ति यो जमात आलोचानात्मक चेत सहित आओस् !

कम्युनिष्टहरुको परम्परा आलोचनात्मक थियो । लेनिनकै बेलामा हामी देख्छौं, एलेक्जेन्द्रा कोलोन्ताइले सधैंभरि सरकारको विरोध गर्थिन् । ट्रट्स्की, बुखारिन सबका बीचमा मतभेदहरु थिए । तर त्यो मतभेदका बाबजुद पनि सबैले सम्मानजनक भूमिका पाए । हाम्रो आन्दोलनमा त्यो संस्कृतिलाई भित्र्याउन सकेनौं । हाम्रोमा त कस्तो हुन्छ भने एकचोटी विरोध गरिदियो भने यो जुनिमा नेतासँग भेट नहुन पनि सक्छ, टिभीमा देख्नु बेग्लै कुरा भो ।   यस्तो संस्कारले हुँदैन ।

 

१८९७ मा खिचिएका रुसी मार्क्सवादीहरुको सामुहिक तस्बिर, जसमा लेनिन (बोल्सेभिक) र मार्तोभ (भावी मेन्सेविक) नेताहरु एक साथ छन् https://www.amazon.com

लेनिनले सवैभन्दा बढी आलोचना गरेको मान्छे भनेको मेन्सेभिक नेता मार्तोव हुन् । अहिले के चिज बाहिर आएको छ  भने लेनिनले लुकेर मार्तोवलाई व्यक्तिगत पैसा दिन्थे,उसलाई सहयोग गर्थे ।

*******

 लेनिनले सवैभन्दा बढी आलोचना गरेको मान्छे भनेको मेन्सेभिक नेता मार्तोव हुन् । अहिले के चिज बाहिर आएको छ  भने लेनिनले लुकेर मार्तोवलाई व्यक्तिगत पैसा दिन्थे, उसलाई सहयोग गर्थे । त्यस्तो प्रकारको संस्कृति थियो, कम्युनिष्टहरुको संस्कार ।  मार्क्सकै पनि हामी पढ्न सक्छौं । साथी आएका छन्, रक्सी खाएका छन्, उफ्रेका छन्,  हल्ला गरेका छन्, मार्क्समाथि नै गलत ढंगले आइलागेका छन् । तर उनीहरुका बीचमा त्यस्तो जीवन्त सम्बन्ध छ, र उनीहरु अगाडि बढेका छन् ।

*******

हामी । अब हामी बर्बादीतिर जाने कि नृशंशता,बर्बरतातिर जाने कि?रोजाको प्रसिद्ध भनाइ'रेभुलुसन अर बार्बरिजम?' क्रान्तिलाई निरन्तरता दिएर अगाडि जाने कि नृशंशता,बर्बरता,असभ्यता र बर्बादीतिर जाने?

*******

समाजवादको निम्ति संघर्ष गर्न समाजवादी तरिका नै अपनाउनुपर्छ । हामी अहिले यस्तो ठाउँमा आइपुगेका छौं, मैले शुरुमा उल्लेख गरेको ग्राम्सीको भनाइ, त्यही ठाउँमा छौं हामी । अब हामी बर्बादीतिर जाने कि नृशंशता, बर्बरतातिर जाने कि ? रोजाको प्रसिद्ध भनाइ 'रेभुलुसन अर बार्बरिजम ?' क्रान्तिलाई निरन्तरता दिएर अगाडि जाने कि नृशंशता, बर्बरता, असभ्यता र बर्बादीतिर जाने ?

धनश्याम भुसालले भने जस्तै समाजवाद या सत्यानाश – अब हामी रोजौं । आफूले रोजेको चीजतिर, त्यो राजनीतिक मार्ग, उद्देश्य र लक्ष्यतिर जोडदार रुपले बढौं ।

शहीद कुसुम स्मृति प्रतिष्ठान, नेपालले गत भदौ २६ गते काठमाडौंमा आयोजना गरेको  ‘नेपालको सन्दर्भमा समाजवाद’ विषयक विमर्श कार्यक्रममा मार्क्सवादी चिन्तक तथा नेकपाका नेता राम कार्कीले दिनुभएको प्रवचनको सम्पादित टेप उतार । सोही कार्यक्रममा मार्क्सवादी चिन्तक एवं नेकपाका नेता धनश्याम भुसालले दिनुभएको प्रवचनहिजो प्रकाशित गरिएको थियो भने  समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीले दिनुको भएको प्रवचनको उतार पनि हामी भोलि प्रकाशित गर्नेछौं । रातोपाटी

प्रस्तुतिस् माया श्रेष्ठ

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...