शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ

मङ्गलबार, ३१ भदौ २०७६, १२ : ३४
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट करिब १ केजी बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित काठमाडौं ठुलोभर्‍याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा सुन जस्तो देखिने पहेंलो धातु बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप