शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको झापा कार्यालयमा प्रहरीको छापा, मेची–कोशी संयोजक पक्राउ

मङ्गलबार, ३१ भदौ २०७६, १२ : ३१
मङ्गलबार, ३१ भदौ २०७६

झापा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको हो ।

त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् ।

पक्राउ परेका अर्का एकजना मकवानपुरका अनुल सारु मगर छन् । मगर विप्लवका कुन तहका नेता हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै छापा मार्दा हतियारसमेत पक्राउ परेपनि प्रहरीले कति र कस्ता हतियार बरामद गरेको हो भन्ने खुलाएको छैन ।

चन्दा रसिद, लेटर प्याड लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनालीले बताए ।

उनले केही बेरमा पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराइने पनि बताए । 

विर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालयपछाडि गोप्य रूपमा सञ्चालनमा रहेको विप्लव नेकपाको जिल्ला पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप