मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

किसिङ सीनको बहानामा निर्देशकले गरे दुर्व्यवहारः जरिन खान

मङ्गलबार, ३१ भदौ २०७६, ११ : ०२
मङ्गलबार, ३१ भदौ २०७६

बलिउडमा अहिलेसम्म थुप्रै नायिकाले कास्टिङ काउचबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । सलमान खानसँग फिल्म ‘वीर’  मा अभिनय गरेकी जरिन खानले हालै एक अन्तरवार्तामा कास्टिङ काउचबारे बताएकी छिन् । एकपटक उनलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेको उनले जानकारी दिइन् ।

पिंकभिल्लालाई दिएको अन्तरवार्तामा जरिन खानले भनिन्, ‘जब म यो क्षेत्रमा नयाँ नयाँ आएको थिएँ तब मलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेका थिए । मैले आफूभित्रको लाज निकाल्नुपर्ने उनले बताएका थिए ।’

यद्यपि, उनले निर्देशकको उक्त कुरा स्विकार नगरेको बताइन् ।

स्मरण रहोस्, जरिन खानले बलिउडमा आफ्नो करियरको सुरुवात सलमान खानको फिल्म वीरबाट गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा फ्लप रह्यो । पछिल्ला दिनमा जरिन खान आफ्नो एक तस्बिरका कारण चर्चामा आएकी थिइन् । तस्बिरमा जरिन खानको स्ट्रेच मार्क्स देखिएको थियो जसका कारण उनलाई सोसल मिडियामा ट्रोल गरिएको थियो । जरिन खानले एकपछि अर्को पोस्टमार्फत् कडा जवाफ दिएकी थिइन् ।

उनले लेखिन्, ‘आखिर मेरो पेटमा के भएको थियो भनेर जान्न उत्सुकहरुका लागि मेरो पोष्ट हो । यो एउटा यस्तो व्यक्तिको प्राकृतिक पेट हो जसले ५० किलोभन्दा बढी तौल घटाएकी छिन् । यो यस्तै देखिन्छ जबकी यसलाई न त फोटोशप गरिएको छ, न कुनै प्रकारको शल्यक्रिया गरिएको छ । म ती व्यक्तिमध्ये पर्छु जो वास्तविकतामा विश्वास गर्छु । यसलाई ढाक्नुको साटो गर्वका साथ मैले आफ्ना कमजोरीलाई आत्मसाथ गरेको छु ।’

जरिन खानको यो पोष्टपछि नायिका अनुष्का शर्मा समर्थनमा उत्रिएकी थिइन् । अनुष्का शर्माले लेखेकी थिइन्, ‘जरिन तिमी निकै सुन्दर, बहादुर र स्ट्रङ्ग छौ । जस्तो छौ, उत्कृष्ट छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप